तिलोत्तमा नगरपालिका को वडा न ४ सिमानगरमा वृक्षारोपण गरिएको छ । बिहिबार एक कार्यक्रम का बिच नगर प्रमुख रामकृष्ण खाणले बिरुवा रोपी उक्त कार्यक्रम को शुभारम्भ गरे ।
उनले हरियाली प्रवर्द्धन मा नगरपालिका ले गरिरहेको काम को प्रशंसा विश्वले गरिरहेकाले यसलाई कायम राख्न सक्नुपर्ने बताए । उनले हरेक मानिसले रुख बिरुवा रोप्ने र त्यसलाई संरक्षण समेत गर्नुपर्ने बताए ।हामीले रोपेको बिरुवा हाम्रा सन्ततीले देख्ने र भन्न पाउने गरि हुर्किउन त्यसले उनीहरूमा पनि ज्ञान बिकास हुन्छ, उनले भने भौतिक बिकास गर्दा मासिएका रुख बिरुवा को भरपाइ नागरिक स्तर बाट जागरुक भइ स्थानिय सरकार, प्रदेश र संघीय सरकार सबैले गर्नुपर्छ ।
सिमानगर क्षेत्र मा ४ सय बढी गुल्मोहर, एक्जोरा, हेबिस्कस, बेलौती लगायतका बिरुवा रोपिएको छ । कार्यक्रममा वडा न ४ का जनप्रतिनिधि , सचिब, आमा समूह, समाजसेवी, नागरिक लगायतको उपस्थिती रहेको थियो ।
नगरपालिकाले हरेक बर्ष साउन महिनाको १ गतेदेखी ७ गतेसम्म वृक्षारोपण सप्ताह संचालन गरि ८ हजार बिरुवा रोपिसकेको छ भने वडागत वृक्षारोपण लाई निरन्तरता दिएको छ ।





















