ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सार्क मुलुकमध्ये नेपालमा उच्च संक्रमण

लुम्बिनी दर्पण २०७८ श्रावण ३०, शनिबार ०८:४२
[sharethis-inline-buttons]

काठमाण्डौं , साउन ३०

सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा सङ्क्रमणको दरमा बढोत्तरी भएको थियो । तेस्रो लहरको सुरुवाती चरणमा भारतबाट त्यसरी आवत(जावत भएको छैन । तर पनि नेपालमा भारत लगायत दक्षिण एसियाली मुलुकमध्येकै सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ ।

चार दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको सार्क स्तरीय कोभिड विवरणमा छिमेकी मुलुक भारतमा कोभिडको मृत्युदर १।३ प्रतिशत र सक्रिय सङ्क्रमणको दर १।३ प्रतिशत रहेको छ । सो अवधिमा नेपालको मृत्युदर १।४ र सङ्क्रमणको दर दोब्बरले बढेको अवस्थामा ४।९ प्रतिशत रहेको थियो । चार दिन अघि र पछिको विवरणअनुसार अन्य सार्क मुलुकहरूमध्ये अधिकांश मुलुकको सङ्क्रमण र मृत्युदर बढ्दो क्रमबाट घट्दो क्रममा गएको देखिन्छ । नेपालमा भने चार दिनपछि अर्थात् अगस्ट ११ देखि थप बढोत्तरीतर्फ उन्मुख रहेको छ । जसअनुसार सीमा जोडिएको भारतको मृत्युदर १।३ र सङ्क्रमणको दर घटेर १।२ पुगेको छ । नेपालमा भने मृत्युदर १।४ नै रहे पनि सङ्क्रमणको दर बढेर ५।२ प्रतिशत पुगिसकेको छ ।

अगस्त ७ मा अफगानिस्तानको मृत्युदर ४।६ र सक्रिय सङ्क्रमणको दर २७।४, बङ्गलदेशको मृत्युदर १।७ र सक्रिय सङ्क्रमण दर ११।१, भुटान मृत्युदर ०।१ र सक्रिय सङ्क्रमण दर ४।७, माल्दिभ्समा मृत्युदर शून्य र सक्रिय सङ्क्रमणको दर ९०।३, पाकिस्तानमा मृत्युदर २।२ र सक्रिय सङ्क्रमणको दर ७।५ तथा श्रीलङ्कामा मृत्युदर १।५ र सक्रिय सङ्क्रमणको दर ९।६ प्रतिशत रहेको थियो । चार दिनपछि अगस्ट ११ को विवरणअनुसार अफगानिस्तानमा मृत्युदर ४।६ नै कायम रहे पनि सक्रिय सङ्क्रमणको दर घटेर २६।६ प्रतिशतमा झरेको छ । त्यस्तै बङ्गलादेशमा पनि मृत्यु दर उही तर सक्रिय सङ्क्रमण दुई प्रतिशतले घटेको छ ।

त्यस्तैगरी भुटानमा मृत्युदर उही र सक्रिय सङ्क्रमणको दर आधा घटेर २।३ प्रतिशतमा झरेको छ । सार्क मुलुकमध्ये सबैभन्दा बढी सङ्क्रमणको दर रहेको माल्दिभ्समा चार दिनको अवधिमा मृत्युदर ०।३ पुगे पनि सङ्क्रमणको दर अत्यधिक कटौती हुँदै ३।४ प्रतिशत कायम हुन पुगेको छ । पाकिस्तानमा भने मृत्युदर उही रहे पनि सङ्क्रमणको दर एक प्रतिशतलेमात्र बढेको छ । श्रीलङ्कामा पनि सोही अनुपातले सङ्क्रमणको दर एक प्रतिशले मात्र बढेको देखिन्छ ।

अनुशासित नहुँदा बढ्यो
सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा बढी ओहोरदोहोर हुने भारतलगायत अन्य सार्क मुलुकमा डेल्टा भेरियन्टले पनि सङ्क्रमण बढाउन नसक्नुमा त्यहाँको कडा अनुशासन कारक रहेको चिकित्साविज्ञहरू बताउँछन् । नेपालमा भने त्यो अनुशासन लौरो लगाएर घरमै थुन्नुपर्ने अवस्थाको रहेको जिकिर उनीहरु गर्छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीका अनुसार भारतमा जनसङ्ख्या धेरै भए पनि सबै परीक्षणको पहुँचमा पुगेको अवस्थामा छ । तर नेपालमा गाउँगाउँमा एन्टिजेन किट पठाइए पनि परीक्षण नगरी घरमै बस्नेको सङ्ख्या धेरै छ । हालसम्म २१ लाख एन्टिजेन किट पठाएकामा तीन लाख ८० हजार ५५ को मात्र परीक्षण भएको छ । उनले भने, ‘‘खोपकै अनुपातको विश्लेषण गर्ने हो भने प्रतिजनसङ्ख्याको तुलनामा भारतमा भन्दा नेपालमा खोप बढी लगाइएको छ । ” उनका अनुसार नेपालमा ९।३४ प्रतिशले पूरै मात्राको खोप लगाइसकेका छन् । भारतमा ८।३७ प्रतिशत जनसङ्ख्याले मात्र पूर्ण खोप लगाएको अवस्था छ ।

नेपालमा विद्यालय र विश्वविद्यालयबाहेक अन्य सबै क्षेत्र खुला छ । योसहितको विश्लेषण गर्ने हो भने अहिलेको सङ्क्रमण निकै न्यून रहेको दाबी डा। अधिकारीले गरे । उनले थपे, “सङ्क्रमणको दर बढेको देखिए पनि अस्पतालमा धेरै भर्ना दर छैन । यसले पनि सङ्क्रमण विस्तारै खुम्चिँदै जाने सम्भावना जीवितै देखाउँछ । ” अर्का चिकित्साविज्ञ डा। समीरमणि दीक्षितले भने एकैचोटि कडा बन्दाबन्दीबाट खुकुलो वातावरण हुँदा नेपालमा कोभिडको डेल्टा भाइरसले फैलने अवसर पाएको सुनाए । उनले भने, “यो एकदमै सङ्क्रामक छ, मानिसको सामान्य लापरवाहीले पनि बढ्छ । ” (स्रोत गोरखापत्र अनलाइन


प्रकाशित : २०७८ श्रावण ३०, शनिबार ०८:४२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

लागूऔषध तस्कर मारिएपछि हिंसा रोक्न मेक्सिकोमा हजारौँ सैनिक तैनाथ

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

स्पेनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

स्पेन पुग्ने प्रयासमा यस वर्ष ३ हजारभन्दा धेरै आप्रवासीको ज्यान गयाे : प्रतिवेदन

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

हाइटीमा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु

दिल्लीको वायु प्रदूषण कोभिड–१९ महामारीभन्दा पनि खतरनाक – विज्ञ

गाजा युद्धमा ज्यान गुमाउनेमध्ये ४४ प्रतिशत बालबालिका

भैरहवाबाट फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि दैनिक उडान गर्दै

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech