ताजा अपडेट

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

एउटा भयानक हत्या काण्डको १९ वर्ष पूरा

लुम्बिनी दर्पण २०७७ जेष्ठ १९, सोमबार ०२:५३
[sharethis-inline-buttons]

लुदअ, १९ जेठ
राजन कुईंकेल

राजा वीरेन्द्रको वंशनाश गर्ने गरी मच्चाइएको दरबार हत्याकाण्डको १९ वर्ष पूरा भएको छ । १९ वर्षको यस अवधिमा अनेकन व्यक्ति सत्तामा पुगे तर राजा वीरेन्द्रको परिवारको समूल नष्ट गर्ने गरी मच्चाइएको हत्याकाण्डको चित्तबुझ्दो कारण अहिलेसम्म पनि जनताले पाएका छैनन् ।

२०५८ साल जेठ १९ गते शुक्रवारको रात्रि राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, नवयुवराज निराजन, अधिराजकुमारी श्रुतिसहितका १० जनाका लागि कठोर काल बनेर निम्तिएको थियो । घटना राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र शाह, राजपरिवारका सदस्यहरु शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानेर मारिएको थियो ।

नेपालको इतिहासकै कालो दिनका रुपमा अंकित जेठ १९ मा भएको घटनाबारे अझै पनि नेपालीको मन सन्तुष्ट हुने गरी तथ्य स्थापित गर्न सकिएको छैन । हुनत, राजा वीरेन्द्रका सहोदर भाई ज्ञानेन्द्र स्वयं हत्याकाण्डपछि राजा बने । तर मानिसलाई पत्यार लाग्ने गरी उनले पनि घटनाको छानबीन गराउन सकेनन् ।

सर्वोच्च अदालतका तात्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको नेतृत्वमा सभामुख तारानाथ रानाभाट सदस्य रहेको उच्चस्तरीय छानबिन समितिले प्रेमवियोगमा परेका युवराज दीपेन्द्रबाट हत्याकाण्ड मच्चाइएको प्रतिवेदन त दियो तर उक्त प्रतिवेदनलाई अहिलेसम्म पनि मानिसले पत्याउन सकेका छैनन् ।

ज्ञानेन्द्रबाहेक नै पनि यो कालखण्डमा दर्जनौं व्यक्ति प्रधानमन्त्री बनेर सत्ता सम्हाले तर कसैले पनि यस हत्याकाण्डको उचित छानबिन गराएनन् । वीरेन्द्रको वंशनाश भएको नारायणहीटी दरबारको प्रांगणमा उभिएर इतिहासकै सबैभन्दा ठूलो हत्याकाण्डको तथ्य सार्वजनिक गर्ने आश्वासन प्रत्येकजसो शासकले दिए । तर दण्डहीनताको जालोमा लपेटिएको नेपाली सत्ताले यो घटनालाई पनि उसैगरी छाडिदियो जसरी अरु सयकडौं घटनाहरु न्याय नपाएरै इतिहासको गर्भमा विलुप्त भए ।

नोपली जनताको मनमा विकासवादी, शान्तिकामी र एक शालिन राजाका स्थापित वीरेन्द्र अन्तर्राष्ट्रिय जगतमा पनि उत्तिकै लोकप्रिय मानिन्थे । तर शुक्रबारे उक्त अकल्पनीय कालरात्रिपछि उनी संसारमै एउटा दुःखद घटनाबाट परिचित रहे ।

संसारमै बिरलै हुने यस्ता वंशनाशका हत्याकाण्डका खबरले १९ वर्ष अगाडिको त्यो दिन संसार नै स्तब्ध बनेको थियो । आज सम्झँदा त्यतिबेला भदौरे झरी सरी बलीन्द्र अश्रुधाराले आफ्ना प्रिय राजाको बिदाई गर्नेहरुको भीड कसरी सम्हालियो होला भन्ने लाग्छ । परिस्थिति सम्हाल्न सोही काण्डमा परेर गम्भीर भएका अचेत अवस्थाका युवराज दीपेन्द्रलाई नयाँ राजा घोषणा गर्नुपरेको थियो ।

तात्कालीन रुपमा प्रवाह गराइएको सूचनामा हत्याकाण्ड दीपेन्द्रले नै घटाएको भन्ने थियो । तर युवा वर्गमा निकै लोकप्रिय छबी बनाएका दीपेन्द्रमाथि लगाइएको त्यो आरोप सत्य मान्ने पक्षमा नेपाली जनता थिएनन् । उनीहरुमा ठूलै षडयन्त्रबाट दरबार हत्याकाण्ड मच्चाइएको आशंका थियो । हत्याकाण्डका समयमा प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालाले यस घटनालाई बारम्बार ‘ग्राण्ड डिजाइन’ को संज्ञा दिइरहे । तर उनले यस हत्याकाण्डपछीको डिजाइन के थियो भन्ने कहिल्यै खुलासा गरेनन् ।

देशमा एकातिर संसदीय व्यवस्थाविरुद्ध चलाइएको माओवादी सशस्त्र हिंसा चरम उत्कर्षमा पुगिरहेको थियो । अर्कातर्फ सिंहदरबार केन्द्रित सत्ता चरम भ्रष्टाचार र अनियमितताका कारण अलोकप्रिय थियो । जनता देशको राजनीतिप्रति अत्यन्तै निराश थिए । शासन प्रशासन राज्यको ढुकुटीमा लूट मच्चाउने खेलमा लिप्त थियो । जुन अद्यापि कायमै छ । यस्तो बेलामा कल्पना पनि गर्न नसकिने एउटा भयंकरको बज्रपात नेपाल र नेपालीले सहनु परेको थियो ।

मुलुकमा बहुदलीय व्यवस्थाको पुनर्बहालीको माग गर्दै जनआन्दोलन हुँदा जनतालाई शक्ति छाड्ने र नछाड्ने भन्नेमा दरबारभित्र तीब्र बहस हुँदा उदारवादी राजा वीरेन्द्र जनतासँग शक्ति साझेदारी गर्ने निर्णयमा पुगेका थिए । त्यसले पनि उनीप्रति सबैखाले नागरिकको सम्मान थियो । कट्टरतावादी दरबारीयाहरु कुनै हालतमा पनि बहुदलीय व्यवस्था पुनस्र्थापना गर्न नदिने पक्षमा हुँदा पनि राजा वीरेन्द्रले आफ्ना जनतासँग नै सत्ता साझेदारी गर्ने बाटो रोजे ।

२०४६ सालमा मुलुकमा नेपाली कांग्रेस र कम्युनिष्टहरुले शुरु गरेको जनआन्दोलन उत्कर्षतर्फ पुग्दै गर्दा राजा वीरेन्द्रसँग सत्ता टिकाउनका लागि राष्ट्रिय सार्वभौमिकतामै कटौति गर्ने खालको प्रस्ताव भारतले पठाएको दाबी गरिएका छन् । उक्त प्रस्तावपछि राजा वीरेन्द्र मुलुकको सार्वभौमिकता कटौति हुने विदेशी प्रस्तावमा लम्पसार परेर सत्ता टिकाउनेभन्दा दलका नेताहरुसँगै साझेदारी गर्ने पक्षमा उभिएको तथ्यहरु स्थापित भइसकेका छन् ।

आजभन्दा ७५ वर्षअघि विसं २००२ साल पुस १४ गते पिता महेन्द्र र माता इन्द्र राज्यलक्ष्मी शाहको जेठा सन्तानका रुपमा जन्मिएका वीरेन्द्रले विसं २०२८ सालमा बाबुराजा महेन्द्रको निधनपछी राजा बनेर राजवंशको परम्परा सम्हालेका थिए । राजा नेतृत्वको पञ्चायती व्यवस्थाको १८ वर्ष सक्रिय नेतृत्व गरेका उनी २०५८ सालको त्रासदीपूर्ण हत्याकाण्ड अगाडिसम्म १२ वर्ष संवैधानिक राजाका रुपमा रहे ।

सक्रिय शासन सम्हाल्दाभन्दा पनि संवैधानिक हैसियतमा रहँदा उनको लोकप्रियता बढी चुलिएको थियो । दलका नेताहरुले चलाएको शासनले जनतामा निराशा छाइरहँदा पनि उनले संविधानको कुशल अभिभावकको भूमिका निर्वाह गरिरहे । निहीत स्वार्थका लागि केही दरबारीयाले सत्ताका लागि उक्साएर विवादमा तान्न खोजे पनि उनले त्यसलाई लत्याउँदै आएको उनीसँग लामो बसउठ गरेका तात्कालीक शासक प्रशासकहरु बताउँछन् ।

रहस्यमय उक्त हत्याकाण्डसँगै नेपाली माटोबाट राजतन्त्रको जरो हल्लियो । संसदीय प्रजातन्त्रमाथिको प्रहार झन् तीब्र बने । प्रजातन्त्र र राजतन्त्रको साझेदारी ९संवैधानिक राजतन्त्र० नै नेपालका लागि उपयुक्त बाटो हो भन्ने वीपी कोइरालाको विचार पनि यो हत्याकाण्डसँगै कमजोर बन्यो । जनताका प्रतिनिधिले शासन र राजाले राज्य गर्ने भन्ने सम्झौता पनि हत्याकाण्डले चूर्ण बनाइदियो ।

वीरेन्द्रको वंशनाशपछी राजवंश सम्हाल्न आएका उनकै भाइ ज्ञानेन्द्रले दाईको स्थानमा नबस्ने भन्दै आफ्ना पिता महेन्द्रको सक्रिय शासनको बाटो पछ्याए । यसले राजतन्त्र र दलहरुको दूरी बढायो । मौकाको ताकमा रहेको माओवादी अनेकन षडयन्त्रको सिद्धान्त प्रयोग गर्दै परम्परागत राज्यसत्तालाई कमजोर बनाउन सफल भयो । नेपालमा प्रजातन्त्र र संवैधानिक राजतन्त्र रहेको हेर्न नचाहने देशी विदेशीहरुको गठजोठबाट अन्ततः नेपालबाट राजतन्त्रले नै बिदा पायो । मुलुकमा परम्परागत संसदीय प्रजातन्त्रको स्थानमा वर्णशंकर व्यवस्थाको गाँड थपियो । सनातन राज्य व्यवस्थाका आधारहरु नष्ट गर्दै आयातित वर्णशंकर व्यवस्थामै काफलचरी नाच्न थाले ।

मुलुकमा गणतन्त्र त स्थापित भयो । तर यस तन्त्रको जग नेपाली भूमिभन्दा बाहिर रहँदा वर्तमान शासकहरुका लागि दिल्ली र बेइजिङको खुला हस्तक्षेप ग्राह्य हुँदै गएको छ । अमेरिकी यूरोपियनहरुको स्वार्थमा संविधानका पानाहरु नै रंगिएका छन् । विश्वमा क्रान्तिले तात्कालीन रुसी जारशाहको वंशनाश गरिएबाहेक यस्तो दर्दनाक घटना संसारमै बिरलै भएको छ ।

यस्तो कठोर काल ब्यहोर्न विवश तात्कालीन राजा वीरेन्द्रसहित दरबार हत्यकाण्डमा ज्यान गुमाएका सबैप्रति हार्दिक श्रद्धासुमन १


प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार ०२:५३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
प्रतिक्रिया

यो पनि पढौँ

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

विद्यार्थी जीवन

भर्खरै

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech