जेष्ठ ३ । नेपालमा जेष्ठ २ गते २४ घण्टामा थप ७ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ । १५४६ जनामा पिसिआर विधीबाट र १२३९ मा एन्टिजेन विधीबाट कुल २ हजार ७ सय ८५ जनामा गरीएको परीक्षमा थप ७ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताए । यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १३९ पुगेको छ भने आज ९ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।



















