जेष्ठ ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५ सय ६५ जनामा पिसिआर विधीबाट परीक्षण गर्दा १८ जना र ६ सय ३२ जना एन्टिजेन विधीबाट परीक्षण गर्दा १ गरी कुल १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताए । यससँगै देशभर सक्रिय सङ्क्रमितको सङख्या १ सय ४९ पुगेको छ ।
आज १८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् भने ३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताए ।




















