जेष्ठ १० ।आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान छ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, पश्चिम बंगालको बीचमा न्यू चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । महाशााखाले आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केहस् स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताए।
महाशाखाका अनुसार आज राति प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रही मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।




















