तिलोत्तमा जेठ २२
विश्व वातावरण दिवसको अवसरमा तिलोत्तमा चेम्बरद्वारा वृक्षरोपण कार्य सम्पन्न भएको छ । वृक्षारोपण कार्यक्रम बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समुह तिलोत्तमा, रुपन्देही परिसरमा डिभिजन वन कार्यालय रुपन्देहीको करिब १०० वटा विरुवा सहयोगमा वृक्षा रोपण कार्य सम्पन्न भएको हो ।
कार्यक्रममा चेम्बरका अध्यक्ष बाबुलाल भुसालद्वारा विश्व वातावरण दिवसको दिनमा मात्रै वृक्षारोपण नगरी अन्य दिनमा पनि वातावरण स्वच्छ, सफा एवं हराभरा गराउन आ-आफ्नो क्षेत्रको खाली जमिनमा वृक्षारोपण गर्नका लागि सबैमा आग्रह गर्नु भएको थियो ।
साथै वृक्षारोपण कार्यमा उपस्थित कलाकार अञ्जली अधिकारी तथा सम्पुर्ण कार्यसमिति पदाधिकारी, सदस्यहरु, लेखासमिति एवं कर्मचारीहरुमा धन्यवाद व्यक्त गर्दै चेम्बर सधै उद्योगी, व्यवसायी एवं सामाजिक कार्यमा अगाडी बढिरहेको जानकारी गराउनु भएको थियोे ।



प्रकाशित : २०७९ जेष्ठ २२, आईतवार १६:१४

















