प्रकाश गौतम
असार १९
नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक सघं तिलोत्तमा नगर इकाइको १३ औ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
तिलोत्तमा ९ मंगलापुरमा रहेको रामजानकी शिव मन्दीरमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणंले मजदुरहरुका धेरै समस्या रहेको भन्दै ति समस्याको क्रमश समाधान गर्दै जाने बताउनु भयो । उहांले बिकाश निमार्णको खास हिस्सेदार मजदुर नै रहेको बताउदै काम गरिसकेपछी भुक्तानीको समाधानका लागी नगरले बिशेष पहल गर्ने दाबि गर्नु भयो ।
नगर उपप्रमुख जागेश्वरी चौधरीले कामका आधारमा ज्याला त्यसमा पनी समान ज्याला आबस्यक रहेको बताउनु भयो । उहाले अधिकार सगै बचत र बिमा पनी मजदुरहरुको बिषय भएकोेले त्यसकालाग्ी नगरले पहल गर्ने बताउनु भयो ।
नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक सघं काउन रुपन्देही सभापती सुर्य देवदासले नगरले श्रमिकको बिमा र घर सम्पन्न भैसके पछी भुक्तानीकालागी सहयोग गर्न आग्र्र्रह गर्नु भयो । देवदासले मजदुरहरुले बचत गर्ने बानीको बिकाश गर्न जान्नु पर्ने भन्दै सरकारले समेत श्रम बैङ्कको स्थापना गर्नु पर्ने बताउनु भयो ।
१३ औ बार्षिक साधारण सभामा तिलोत्तमा ६ का अध्यक्ष गणेश पाठकले मजदुरहरु आफ्ना अधिकारका बिषयमा आफै सचेत हुन नसकेको आरोप लगाउनु भयो । उहाले काम गर्ने तर अधिकार नखोज्ने परिपाटिले हिजो पनी मजदुरहरुलाई धेरैले आश्वासन दिने गरेको बताउनु भयो ।
कार्यक्र्रममा नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक सघ बुटवल अध्यक्ष तिल ब हिस्की , तिलोत्तमा कार्यपालीका सदस्य नर ब छनत्याल, टे्ड युनियन नगर अध्यक्ष भरत भुषाल ,सस्थाका सल्लाहकार तारा ब के सी , शुसिल घिमिरे लगायतले श्रमीकको अधिकारका बिषयमा धेरै कुरा भएपनी मजदुरहरुले अधिकार पाउन नसकेको बताउनु भयो ।
कार्यकममा सस्थालाई सहयोग गर्ने तथा निबर्तमान सन्चालक समितिलाई सम्मान गरिएको कार्यक्रममा अध्यक्ष सहसराम थारु तथा सचिव देव ब थापाले सचिवको प्र्र्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष सहसराम थारुको अध्यक्षता तथा सचिव देव ब थापाको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




















