बुटवल । सिद्धबाबा दर्शन गर्न आएका दुई भारतीय नागरिकको तिनाउ खोलामा पौडि खेल्ने क्रममा बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् ।
भारतको यु.पि. दोहोरिया गोरखपुरका १८ वर्षका नन्द कुमार निसाद र सोही ठाउँकै १८ वर्षीय सनि कुमारलाई आइतबार पौडी खेल्ने क्रममा खोलाले बगाएको जिल्ला प्रहरीले कार्यालय पाल्पाका प्रहरी प्रवक्ता विरेन्द्र थापाले बताए । खोजि गर्ने क्रममा जिल्ला नन्द कुमार निसाद मृत अवस्थामा बुटवल–१९ लाफाचौर स्थित तिनाउ खोलामा भेटिएको थापाले जानकारी दिए ।
यस्तै सनि कुमारको खोजि भइरहेको प्रहरीले जनाएको छ ।




















