लुदस, जितपुर
कपिलवस्तुको माध्यमिक विद्यालय कुस्मामा मा आज एक कार्यक्रमका विच विपन्न विद्यार्थीहरुलाई भगवती अक्षयकोष मार्फत शैक्षिक समाग्री वितरण गरिएको छ ।
सो अवसरमा नव निर्वाचित जन प्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।
अक्षयकोषदाता भगवती उपाध्याय, बलराम उपाध्यायद्धारा २०७६ सालमा स्थापना गरेको ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको व्याजबाट विद्यालयका ४२ जना छात्र, छात्राहरुलाई झोला लगाएका शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।
सो अवसरमा विद्यालयलाई कम्युटर समेत प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै अक्षयकोष दाता उपाध्याय परिवारले आफुहरुले लक्षित गरेर प्रदान गरेको अक्षयकोषको सहि सदुपयोग भएको भन्दै आगामी दिनमा निरन्तर सहयोग सहकार्य हुने बताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मौषम वि.क ले सवैलाई धन्यवाद व्यक्त गरेका थिए । यता नव निर्वाचित जन प्रतिनिधि सम्मान गर्ने समेत उदेश्यले निमन्त्रणा गरिएका सोहि वडाका वडाध्यक्ष दिपक गुरुड्ड कार्यक्रम शुरु हुनुभन्दा ५ मिनेट अघि कार्यक्रम स्थलबाट समय ठिला भएको भन्दै बाहिरिएपछी आलोचनामा परेका थिए । पानी परेपछी सभाहलको अभावमा व्यवस्थापनमा केही ठिलाई भएपछी बाध्यतालाई नजिकको जनप्रतिनिधि जस्तो व्यक्तित्व नबुझि बाहिरिएको भन्दै कुस्माबासीले सम्मानित व्यक्तित्वले अपमान गरेको गुनासो गरेका थिए । स्थानिय अभिभावकहरु, संचारकर्मी अक्षयकोषदाता उपाध्याय परिवार शिक्षक, अभिभावक संघ,व्यवस्थापन समिति , वडा सदस्यहरु लगाएको उपस्थिति रहेको थियो ।




















