ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

नेत्रहिन युवा संघ रुपन्देहीद्धारा जिल्ला निर्वाचन कार्यालयमा ध्यानाकर्षण पत्र

Lumbini Darpan 3 २०७९ भाद्र १४, मंगलवार ०९:२३
[sharethis-inline-buttons]

बुटवल, भदौ ।

नेत्रहिन युवा संघ नेपाल रुपन्देही द्धारा अपाङ्गता मैत्री निर्वाचन प्रणालीपूर्णरुपमा कार्यान्वन गर्न माग सहित जिल्ला निर्वाचन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सोमबार जिल्ला निर्वाचन कार्यालय रुपन्देहीमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकाराम पौडेल, स्वतन्त्र विकास समाजका अध्यक्ष सावित्रा घिमिरे, राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश सचिव सन्तोष पन्थी, पहुँच परियोजना संयोजक लक्ष्मी पाण्डे, नेत्रहिन क्रिकेट संघ लुम्बिनीका सचिव समिक्षा ज्ञवाली, अपाङ्गता गिता जोशी लगायतको सहभागीतामा जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीलाई ध्यानाकषर्ण पत्र बुझाएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश सचिव सन्तोष पन्थीले स्थानीय तहको निर्वाचनमा अधिकांस निर्वाचन क्षेत्र अपाङ्गता मैत्री नभएको भन्दै आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा अपाङ्गता भएका व्याक्तिहरुको लागि विशेष व्यवस्था गरी सहज मतदान गर्न पाउने वातावरण मिलाउनको लागि आग्रह गरे । स्वतन्त्र विकास समाज नेपालका अध्यक्ष सावित्रा घिमिरेले अघिल्लो पटकको निर्वाचनमा अपाङ्गता भएका व्याक्तिहरुले के कती मात्रामा निर्वाचनमा मतदान गरे भन्ने विवरण नआएको कारण यो पटक सो विवरण समेत समेटेर खण्डीकृत तथ्यांक संकलन गर्नको लागि निर्वाचन आयोगलाई आग्रह गरिन् ।

ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला निर्वाचन अधिकृत अयोध्या प्रसाद भण्डारीले सिमित स्रोत साधनको विचमा कार्य गर्दा कहि कतै त्रुटी हुने गरेको बताउँदै अपाङ्गता भएका व्याक्तिहरुको सहज मतदानका लागि निर्वाचन कार्यालय जहिले पनि सहजग रहेको बताए । उनले अपाङ्गता भएका व्याक्तिरुहरुको लागि सहज मतदानका लागि निर्देशिकामा तोकीए बमोजिमाको मतदान स्थल लेआउट गरी निर्माण गर्ने र जसमा ¥याम सहितको व्यवस्थापन गर्ने जानकारी दिदै कहि कतै समस्या आएमा मततान अधिकृत वा कर्मचारीबाट सहजीकरण गरिने समेत जानकारी दिए ।

 

यस्तो छ १५ बुँदे ध्यानाकर्षण पत्र

१. समावशसी सूची वाट प्रतिनिधीत्व गराउदा उनीहरूको पहिचान स्थापीत हुने परिचय पत्र अनिर्वाय पेश गर्नु पर्ने व्यवस्था गर्नु गरि, अपाङ्गता भएको व्यक्तीहरू पनि संसदमा प्रतिनिधित्व हुने सूनिश्चित गरिदिन हुन अनुरोध गरिएको छ । २)मतदान केन्द्रमा व्हिलचियर प्रयोगकर्तालाई सजिलैसँग मतदान गर्न व्हिलचियर गुडाउन पर्याप्त ठाउँ बनाईनु पर्ने । न्यूनदृष्टियुक्त व्यक्तिहरुका लागि मतदान केन्द्रमा पर्याप्त उज्यालो हुनुपर्ने र मतपत्रमा रहेका चिन्हहरु प्रष्टरुपमा देखिन मत पत्रको रङ्गहुनु पर्ने र म्याग्निफाईङ्ग ग्लासको व्यवस्था हुनुपर्ने । दृष्टिविहीन व्यक्तिहरुका लागि छामेर मतपेटीकामा मतपत्र खसाल्नका लागि मतपेटीमा ट्याक्टाईल स्टिकर टाँस्नुपर्ने र व्रेललिपी र ठूलो छापामा मतपत्र निर्देशिका निर्माण गर्नुपर्ने । हात सम्बन्धि शारिरीक अपांगता भएका मतदाताका लागि मतपत्र लिदा हस्ताक्षर गर्न समात्न सजिलो हुने ठूलो कलमको व्यवस्था गर्नुपर्ने । सुनाई सम्बन्धी अपांगता भएका मतदाताका लागि मतदान केन्द्रमा सांकेतिक भाषाका दोभाषेहरु उपलब्ध गराईनुपर्ने । ३)मतदान निर्देशिकामा अपांगता सम्बन्धि विषय समावेश गरी मतदान गराउने कार्यमा खटिने कर्मचारीका लागि अपांगता भएका मतदातासँग गर्नुपर्ने व्यवहारबारे तालिमको व्यवस्था अनिवार्य गराईनुपर्ने । ४)मतदानको दिन अपांगता भएका व्यक्तिहरुलाई मतदान केन्द्र सम्म पुर्याउन निर्वाचन आयोगले घरबाट मतदान केन्द्र र मतदान केन्द्रबाट घर सम्म ल्याउने र पुर्याउने व्यवस्था गर्नुपर्ने । ५)निर्वाचनलाई पहँचयुक्त बनाउन निर्वाचन आयोगले सबै निर्वाचन साझेदारलगायत नागरिक समाज, अपांगता भएका व्यक्तिहरु सम्बद्ध संघसंस्थाहरु, अपांगता अधिकारकर्मीहरु, सुरक्षाकर्मीहरुलाई जनचेतना अभिवृद्धि, र सहकार्यका माध्यमबाट अभिमुखीकरण गर्नुपर्ने । ६)निर्वाचन पर्यवेक्षकका रुपमा अपांगता भएका व्यक्तिहरुलाई सहभागी गराउन निर्वाचन पर्यवेक्षक निर्देशिकामा संशोधन गर्नुपर्ने । पर्यवेक्षण फाराममा निर्वाचन पहँुचयुक्त रह्यो रहेन भन्ने विषय सम्बन्धि प्रश्नहरु समावेश गरिनुपर्ने । ७) आचार संहिता निर्माणका क्रममा अपांगता भएका व्यक्तिहरु र संस्थालाई सहभागी गराउनुपर्ने । ८) मतदाता शिक्षा गतिविधिमा अपांगता भएका व्यक्तिलाई सहभागी गराईनुपर्ने । ९)सञ्चार माध्यमलाई पहँुचयुक्त तरिकाले सुचना प्रसार गर्न प्रशिक्षित गर्नुपर्ने । १०)पहँुचयुक्त सुचना प्रणालीबाट निर्वाचन परिणाम घोषणा गरिनुपर्ने । यसका लागि निर्वाचन परिणाम घोषणाको सांकेतिक भाषा र क्याप्सन सहितको छोटो छोटो भिडियो नियमतिरुपमा टिभिबाट प्रशारण गर्नुपर्ने । मतगणना स्थलमा सांकेतिक भाषाका दोभाषेहरुको व्यवस्था गर्नुपर्ने । ११)अपांगता भएका व्यक्तिहरुलाई ईच्छाईका स्थानबाट मतदान गर्ने व्यवस्था मिलाईनुपर्ने । १२)निर्वाचन आयोग र निर्वाचन कार्यालयका वेबसाइटहरु पहँुचयुक्त बनाईनुपर्ने । १३) निर्वाचनमा सहभागि अपांगता भएका मतदाताको लगत राख्ने व्यवस्था मिलाईनुपर्ने । १४)अपांगता भएका व्यक्तिलाई मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदानस्थलमा नङमा मसि लगाउने कर्मचारी, मतदाता नामावली प्रमाणीकरण कर्मचारी, स्वयमसेवक, पर्यवेक्षक र अरु निर्वाचनसँग सम्बन्धित कर्मचारीहरु खटाउँदा अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिने व्यवस्था मिलाउनुपर्ने । १५) अपांगता भएका मतदाताहरुका लागि सहयोगीका रुपमा एकाघरका परिवारका सदस्य एवं मतदान अधिकृतलाई सिमित गरेको हुदा उक्त प्रावधानलाई संशोधन गरि अपांगता भएका व्यक्तिहरुले इच्छाएको व्यक्तिद्धारा मतदान गर्न सक्ने व्यवस्था गर्नुपर्ने ।


प्रकाशित : २०७९ भाद्र १४, मंगलवार ०९:२३

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech