ताजा अपडेट

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जलवायु परिवर्तनका कारण कर्णालीका हिमाली जिल्लामा डेंगी

Lumbini Darpan 2 २०७९ आश्विन १५, शनिबार १६:११
[sharethis-inline-buttons]

लुदअ असोज १५, काठमाण्डौ
जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम वृद्धिसँगै डेंगी बिरामी फेला परेका छन् । प्रायः तराई र भित्री मधेसका जिल्लामा हुने डेंगी सङ्क्रमण जलवायुमा आएको फेरबदलका कारण हिमाली भेगमा पनि फैलिएको हो ।

सुर्खेतमा रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यस वर्ष हालसम्म यहाँका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पामा डेंगीका ४० बिरामी फेला परेका छन् । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सङ्क्रमण हुने गर्दछ । निर्देशनालयका नियन्त्रण स्रोत व्यक्ति एवं भेक्टर कन्ट्रोल अफिसर श्यामलाल आचार्यले लामखुट्टेको जीवनचक्रका लागि हिमाली भेग पनि अनुकूल बन्दै गएको बताउनुभयो । कतिपय फेला परेका बिरामी तराईबाटै सङ्क्रमित भएर गएका छन् भने कतिपय त्यही लामखुट्टेको टोकाइबाट सङ्क्रमित भएको पाइएको छ,ु उहाँले भन्नुभयो, ुदुई वर्षअघि नै मुगुको खत्याडमा लामखुट्टेका लार्भा भेटिनाका साथै डेंगीका बिरामीको पहिचान भएको थियो । हिमाली भेगमा लामखुट्टेको जीवनचक्र अनुकूल हुँदै गएपछि यसको सङ्क्रमण पनि बढ्दै गएको हो ।ु हिमाली भेगमा खोला नदी किनारका बस्तीमा सङ्क्रमण देखापरेको छ ।

निर्देशनालयका अनुसार यसपटक हुम्लामा एक, डोल्पामा नौ, मुगुमा आठ र जुम्लामा २२ बिरामी फेला परेका छन् । प्रदेश अस्पतालका वरिष्ठ फिजिसियन डा केएन पौडेलले हिमाली भेगमा डेंगी सङ्क्रमण हुनुमा जलवायुमा आएको परिवर्तन मुख्य कारण रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, ुजलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका बासिन्दाको जनस्वास्थ्यमा असर परेको छ, डेंगी र मलेरियाजस्ता रोग पनि देखापरेका छन् ।ु डेंगीका बिरामीलाई झुलभित्र राखेर उपचार गर्नुपरेको उहाँको भनाइ थियो ।

एक जिल्लाबाट अर्को जिल्लामा जाने मानव चालका कारण पनि लामखुट्टे तराईबाट पहाड–हिमालतर्फ उक्लेको बताइएको छ । स्रोतव्यक्ति आचार्यले असोज मसान्तसम्म डेंगी सार्ने लामखुट्टे सक्रिय रहने समय भएकाले सजगता अपनाउन अनुरोध गर्नुभयो । निर्देशनालयले डेंगी रोकथामका लागि विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गर्ने, लामखुट्टेको लार्भा नष्ट गर्ने, डेंगी कीट खरिद गरी स्वास्थ्य संस्थामा वितरण गर्नेजस्ता कार्यक्रमलाई निरन्तरता दिइएको जनाएको छ । कर्णाली प्रदेशमा हाल डेंगीका ४ सय ४१ बिरामी छन् । तीमध्ये सबैभन्दा बढी सुर्खेतमा छन् । यहाँ चार सय २२ मा यसपटक डेंगी सङ्क्रमण भएको थियो । गएको आर्थिक वर्षमा कर्णालीमा प्रदेश बाहिरका १४ सहित सात सय ९६ जनामा डेंगी सङ्क्रमण भएको थियो ।

 


प्रकाशित : २०७९ आश्विन १५, शनिबार १६:११

Lumbini Darpan 2

लेखकबाट थप

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
प्रतिक्रिया

यो पनि पढौँ

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

पूर्ण सरसफाइ घोषणाको अन्तिम तयारीमा वाणगंगा–८, सबै सूचक पूरा

बर्डफ्लु संक्रमित पन्छी बेचे पशुसेवा बिभागले कारबाही गर्ने

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृहको निर्देशन

बाणगङ्गा पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका तथा जङ्क फुडमुक्त विद्यालय क्षेत्र घोषणा

बडीमालिका जाने क्रममा बेहोस भएका लेखा अधिकृतको मृत्यु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

भर्खरै

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech