ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बेरोजगार

लुम्बिनी दर्पण २०८० मंसिर २९, शुक्रबार २०:१५
[sharethis-inline-buttons]
लेखक,  प्रविन गौतम
समय बलवान् छ, समय जस्तो केही छैन, समय जस्तो कोही छैन । समयले समयसमयमा यस्तो  समय ल्याउछ जस्को सामना गर्ने सामर्थ्य कोहिसँग हुदैन । समयले अनेकौ रंगरूप लिएर आयो र त्यो समय ले कोरोना पस्कियो संसारमा । डर त्रास छ, जोखिम छ अनिश्चित छ र  छ लकडाउन देशभर, संसारभर । जिउनको लागि काम गर्नुपर्छ भनेपनी त्यतिबेला भने कामधाम ठप्प थिए ।मन्दिर मस्जिद गुम्बा चर्च सब बन्द थिए । सायद भगवान रिसाएका थिए क्यारे त्यसैले यो कहालीलाग्दो समय आइलाग्यो । कोरोनाकालमा लकडाउनले यसकदर थिचेको थियो कि खर्चको भार उठाउन पनि  हाम्मेहाम्मे भएको थियो । जागिर गरिरहेको पुरानो कम्पनीले तलब दिन नसक्ने अवस्था भएपछी छोड्ने बित्तिकै  सुरु भएको थियो कोरोनाकाल । कोरोनाकाल कतिका लागि काल  बन्यो त  कतिका लागि अनिकाल ।अनिकाल खाद्यान्नको , पानीको,  ग्यासको,  अनिकाल स्वतन्त्रताको  ।महँगीले आकाश छुदै थियो, गरिबीले सामिप्यता बढाउदै थियो । बैंकको बचत देखि चामलको बोराले घर धान्न सजिलो गराएको थियो सुरुवातमा। बचत अनि खाद्यान्न  घट्दै जादा पनि नघटेको एउटै कुरा थियो , मेरो आत्मबल । आत्मबल निकै  दृढ थियो मेरो, मलाई पूरा विश्वास थियो कि यो समय छिटै बित्छ  पहिलेको जस्तै अवस्था सामान्य हुन्छ , मेरो बेरोजगारी धेरै टिक्दैन ।समयले समय लिन्छ, समयले समय आएपछी सब सहि गरिदिन्छ सहि समयमा । कोरोनाकाल केही सामान्य हुदै गयो , खुकुलो हुँदै गयो लगडाउन,  बाक्लिदै गयो चहलपहल मास्क लगाएर भए भएपनी । समय नै रैछ बलवान् हिजो धुलो बाटोमा पनि इज्जत नपाएको मास्क पनि वरिष्ठ बनिसकेको थियो । हो रैछ समय नै भगवान हो । लाग्न लाग्यो  कि समयको कृपा म माथी हुन्छ, लाग्न लाग्यो जागिर अब केही समयमा हातमा हुन्छ, राम्रो तलब हुन्छ बचत हुन्छ । तर कोरोनाकालले धेरैको जागिर खोसेको थियो ।जागिर के भन्नु ज्यान पनि त लग्यो कोरोनाले कत्तिको ।
ज्यान जागिर व्यवसाय परिवार के पो तहसनहस पारेन र कोरोनाले पर्यावरण बाहेक ? बजार खुल्यो, कलकारखाना पनि खुले, खुल्नै पर्ने सब चिज त खुले तर  मैले नदेखेर हो या साच्चै नै नभएर नै हो मैले भेटिन गरिखाने मेसो, भेटिन जागिरका कुनै अवसर । आफ्नो  क्षमता र  अनुभवको भरमा पक्कै पनि राम्रा अवसर पाउछु भन्ने विश्वास थियो मनमा  र झोलामा अनुभवका कागजात र ल्याप्टप । फोन नआएको पनि होइन एक जना दाइले  फोन गरेर भन्नू भयो  , ” भाइ सिनियर अकाउन्टेन्ट को जागिर गर्छौ ? मासिक तलब दश हजार , कोहि छ भने खोज भन्ने कुरा आको थियो त्यसैले सुरुमै तिमीलाइ सक्झिएको काम एकदम मज्जाको  छ ९ देखि ५ बजे सम्म “। मैले भनेँ “दाइ कि त गलत पोस्ट भन्नू भयो कि गलत तलब , सायद पोस्ट गलत होला रिसेप्सन होला १० हजारमा त ” । यस्तै अवसर जसले मेरो अनुभवको मजाक उडाइ मात्र  रहे । मान्छे आफुमात्र कमाउन चाहान्छ, सरकारले तोके बमोजीम को न्युनतम पारिश्रमिक सम्म दिन नखोज्नेहरू आफूलाइ कुशल व्यापारी ठान्दछन तर त्यस्ता व्यक्तिहरूलाई खबरदारी गरोस कसले । प्रधानमन्त्री स्वरोजगार आयोजना हो कि बेरोजगारी फारम सम्म भरियो, त्यो पनि आफ्नालाइ खुवाउने बाटो रहेछ । हुन त मन्त्रीहरूलाइ बेरोजगारीको कुनै प्रवाह छैन, बेरोजगारी त के यिनिहरूलाइ यो देशको सम्म प्रवाह छैन ।
यस्तैमा एउटा साथीसँग भेट भयो जस्को जागिर  कोरोनाले खाइदिएछ, बिचराको ५ महिनाको तलब लिन बाकी रहेछ । आफ्नो तलब माग्न जाँदा जहिले पनि अहिले  व्यापार छैन , पछि दिउँला भन्ने रहेछन साहुले । सायद नेपालीले नेपालमा आफ्नो कामको सहि मोल पाउँदैनन, समयमा पाउँदैनन, सम्मान कदर पाउदैनन, त्यसैले पनि विदेशीन वाध्य हुन्छन । अब भने मेरो दिमागमा पनि वैदेशिक रोजगारका कुरा खेल्न लागि सकेका थिए  कुन देशमा कती कमाइन्छ भन्ने कुरा अनलाइनमा खोजी हुन लागि रहेको थियो  यद्यपि म संग त  पासपोर्ट सम्म थिएन । तर वैदेशिक रोजगारको  सपना देख्न भने भिसा र पासपोर्ट नचाहिने धन्न ।देशमै गर्छु देशमै मर्छु भन्ने मेरो सिद्धान्तको महलको पिल्लर कमजोर हुँदै थियो । लाग्यो कि देश नछोडे भोकै मर्छु।  पासपोर्टको लागी फोटो खिचाउन जादा लाग्यो अधिकांश नेपालीको लागि पार्सपोर्ट रहर नभइ बाध्यता हो । फोटो खिचाएपछि अर्को दिन पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यलय जाने निधो गरेँ र  घरतिर लागेँ । कहिलेकाही हामी जे कुराको आस   छोडिदिन्छौँ त्यही  हुन्छ, मेरो आखाँले त्यही देख्यो जे मेरो मनले खोजेको थियो जे मैले पनि खोजेर हार मान्न लागिसकेको थिए ,
“कर्मचारी आवश्यकता ”  त्यो पनि  आफ्नै नगर  भित्रको संस्थामा  । पंखाले भन्दा धेरै सितलता त्यो फेसबुकमा देखेको पोस्टले दियो । पासपोर्ट बनाउने योजनालाइ मिल्काउदै  फारम भर्न लागियो ।अर्कोदिन निवेदन ,अनुभवका प्रमाणपत्र , शैक्षिक योग्यताका सर्टिफिकेट , नागरिकता र पासपोर्ट को लागि खिचाइएको फोटो लाई नै  फाइलमा राखी  भने बमोजिमको  कागजात बुझाइयो ।प्रतीक्षा गर्नु  पनि  ठूलै परीक्षा हो तर मेरो परीक्षा  छोटो बनायो संस्थाका अध्यक्षको फोन कलले ।  भेट अनौपचारिक थियो । भनेकै समय अनुसार पुगेर सुरु गरियो कुराकानि सबै कुरा राम्रा नै रहे । म  कल्पना गर्दै थिए त्यही संस्थामा जागिर गरेको । केही कुराकानी पछि अध्यक्षले सोधे , ” हजुर  कुन पार्टीको ? यहाँ त्यो कुराले  धेरै फरक पार्छ। ” म  निशब्द भए । भौचर कसरी उठाउछौ पेश्की कसरी मिलाउछौ ,  टिडिएस कसरी तिर्छौ जस्ता प्रश्नको अपेक्षा गरिरहेको मलाइ  यसको  उचित जवाफ थिएन  तर राजनीति र पार्टी मा आफ्नो रुचि फिटिक्कै नभएको र कुनै पनि पार्टीको सदस्य नरहेको र कुनै पनि पार्टीमा आस्था नराख्ने बताएँ। अध्यक्षले फेरि थपे  ” यहाँ विभिन्न पार्टीका छौँ भोलीका दिनमा तपाइँले यहाँ काम गर्दा हामीलाइ पनि सहज हुन्छ भनेर सोधेको हो । १/२ दिनमा अन्तरबार्ताको लागि फोन आउँछ, त्यही दिन जागिरको टुंगो त्यही लगाउँला। १,२,३ दिन गर्दै हप्ता दिन बित्यो  तर  फोन भने आएन र आफै फोन गर्न बाध्य भएँ । उताबाट  जवाफ आयो ” त्यो पदपूर्ति भैसकेको छ । फेरि खाली भयो भने हामी हजुरलाइ  सम्झने छौँ “। जागिरको सिलसिलामा पाएको सबै भन्दा नमिठोन  भोगाइ। बुझ्दै जादा थाहा भयो अध्यक्ष जी ले आफू आवद्ध  रहेको पार्टीको एउटा भाइलाइ पद मिलाउनु भएको रहेछ  र त्यस्ता कार्य पहिले पनि भएका रहेछन र पक्कै भविष्यमा पनि हुनेछन । आखिर कामको अनुभव दक्षता भएर पनि आफु भन्दा कम दक्षसंग हार्न परेपछी मलाई आफ्नो सीप र आत्मबलबाट पनि विश्वास उठ्यो ।आखिर अहिले आएर लाग्छ कि  आत्मबल पनि एउटा भ्रम न हो । सायद म  जस्तै धेरैले  यस्तै अनुभव बटुल्छ्न  ।  त्यसैले पनि धेरै दक्ष र शिक्षित युवा विदेशिने गरेको होलान । आज पासपोर्ट बनाउन जाँदै छु । मलाइ पछुतो छैन कि  मैले पासपोर्ट ढिला बनाउदै  छु पछुतो यो कुरामा छ कि  अस्ति  संस्थामा निवेदन र अन्य कागजात संगै पासपोर्टको लागि खिचाएको  फोटो दिएको थिए , कतै आज  पासपोर्टको लागि फोटो नपुग्ने त होइन ?

प्रकाशित : २०८० मंसिर २९, शुक्रबार २०:१५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

विद्यार्थी जीवन ( कविता)

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech