ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्ने

लुम्बिनी दर्पण २०८१ कार्तिक १२, सोमबार १३:३६
[sharethis-inline-buttons]
काठमाडौं : नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा पाँच पटकको विजेता भारतलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै नेपालले छैटौं पटक फाइनलमा स्थान बनाएको हो ।

साफ च्याम्पियनसिपको सातौं संस्करण चलिरहँदा नेपाल सन् २०१६ मा मात्रै फाइनलमा पुग्न असफल भएको थियो । नेपालले उपाधिका लागि बिहीबार साविक विजेता बंगलादेशको सामना गर्ने छ । आइतबार नै भएको सेमिफाइनलमा भुटानलाई ७–१ गोलले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा दबाबमा खेल खेलेका थिए । खेलको दोस्रो हाफ तनावपूर्ण बन्दा झन्डै दुई घण्टा खेल ढिलासम्म सञ्चालन भएको थियो ।

भारतीय खेलाडीहरू गोलको खुसी मनाइरहँदा भुटानकी रेफ्री ओम चोकीले नेपाललाई खेल सञ्चालन गर्न लगाएकी थिइन् । भारतीय खेलाडी बाहिर रहेका कारण प्रिति राईले लामो प्रहार गर्दै गोल गरेकी थिइन् ।

नेपालकी फरवार्ड रेखा पौडेललाई खेलको ५१औं मिनेटमा दोहोरो पहेंलो (रातो) कार्ड दिएपछि दर्शकले नाराबाजी गर्दै मैदानमा पानीका बोलत फालेका थिए । जसका कारण करिब १५ मिनेट खेल रोकिएको थियो । खेल सुरु भएलगत्तै १० खेलाडीमा सीमित नेपालमाथि दबाब बनाउँदै भारतले गोल गरेको थियो । ७२औं मिनेटमा संगीता बाँसफोरेले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

भारतीय खेलाडीहरू गोलको खुसी मनाइरहँदा भुटानकी रेफ्री ओम चोकीले नेपाललाई खेल सञ्चालन गर्न लगाएकी थिइन् । भारतीय खेलाडी बाहिर रहेका कारण प्रिति राईले लामो प्रहार गर्दै गोल गरेकी थिइन् । तर, रेफ्री चोकीले गोल नदिएपछि फेरि दर्शकले नाराबाजी गर्दै मैदानमा बोतल फालेका थिए । जसका कारण एक घण्टाभन्दा बढी समय खेल अवरुद्ध भएको थियो ।

एक घण्टाभन्दा ढिलो गरी खेल सुचारु भएलगत्तै नेपालले गोल फर्काएको थियो । प्रीति राईले उपलब्ध गराएको सुन्दर पासलाई नियन्त्रणमा लिँदै सावित्रा भण्डारीले भारतीय गोलरक्षक वाङखेमदेवीलाई छक्याउँदै गोल गरेकी थिइन् । निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।

टाइब्रेकरमा नेपालका सावित्रा भण्डारी, गीता राना, सविता रानमगर र अमिशा कार्कीले गोल गरेका थिए । यस्तै भारतका मनिषा र पुरुषोत्तम शिरभोइकरले गोल गर्दा आशतलादेवी लौतोङबाम र चानु सोरोखाइबम चुकेका थिए । आशलतादेवीको प्रहार पोलमा लागेर फर्किएको थियो भने सारोखाइबमको प्रहार नेपालकी गोलरक्षक अन्जना रानामगरले विफल पारेकी थिइन् ।

साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेश लगातार दोस्रो पटक फाइनलमा पुगेका हुन् । सन् २०२२ मा नेपालमै भएको छैटौं संस्करणमा पनि यी दुई टोलीले फाइनल खेलेका थिए ।

उक्त फाइनलमा बंगलादेशले नेपाललाई ३–१ गोलले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । नेपालले साफ च्याम्पियनसिप आयोजना गरेको तेस्रो पटक हो । यसअघि सन् २०१९ र २०२२ को संस्करण पनि नेपालले नै आयोजना गरेको थियो ।

साफ च्याम्पियनसिपको सबैभन्दा सफल राष्ट्र भारत हो । भारतले अहिलेसम्म पाँचपटक उपाधि जितिसकेको छ । यस्तै बंगलादेशले एक पटक उपाधि चुमेको छ । पछिल्ला ६ संस्करणमध्ये पाँच संस्करणमा फाइनलमा पुगेको नेपाल उपविजेतामै सीमित बन्दै आएको छ । नेपालले चार पटक भारतसँग फाइनलमा पराजय बेहोरेको थियो ।

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

 

messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

 


प्रकाशित : २०८१ कार्तिक १२, सोमबार १३:३६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम
  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका
  • महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न
  • कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै
  • सव डिभिजन प्रमुख मिश्र सहित दुई वरिष्ठ वन अधिकृत मन्त्रालयमा तानिए
प्रतिक्रिया

यो पनि पढौँ

सुदूरपश्चिमले दियो काठमाण्डौलाई १ सय ४८ रनको लक्ष्य

‘द बुद्ध ल्याण्ड युवा क्लब’ द्वारा आयोजित क्रिकेट प्रतियोगिताको उपाधि बाणगंगा ६ ले जित्यो

नेपालले होबार्ट हुरीक्यानसलाई दियो १८१ रनको लक्ष्य

नेपालले हान्यो भुटानलाई ८ गोल

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

लगातार दोस्रो पटक चुम्यो नेपालले एसिसी मेन्स यु १६ इस्ट जोन कपको उपाधि

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

स्कटल्यान्ड सिरिज : प्रतिस्थापनमा गएका तीन युवा खेलाडी नचल्दा टीममाथि प्रेसर

त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

स्कटल्यान्डसँग पहिलो टी-२० खेल खेल्दै नेपाल

त्रिदेशीय टी-२० सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

आइपीएल विजेता आरसीबीले कति पायो पुरस्कार ?

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech