ताजा अपडेट

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रहस्यमय घटना: भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीभित्र बालिका कसरी खसिन्?

लुम्बिनी दर्पण डेस्क २०८२ असार ३२, बुधबार ११:४४
[sharethis-inline-buttons]

 चितवनमा रहेको भरतपुरमा रहेको एक मात्र केन्द्रीय अस्पताल हो, भरतपुर अस्पताल । चितवनका मात्रै नभएर यस आसपासका १३ हाराहारीका जिल्लाबाट रेफर भएर बिरामी आउने भएकोले यस अस्पताललाई रेफरल अस्पतालको रूपमा पनि लिइन्छ ।

दैनिक कम्तीमा दुई हजारदेखि तीन हजारसम्म बिरामी उपचारको लागि आइपुग्ने यस अस्पतालको व्यवस्थापन भने निकै फितलो रहेको पटक पटक पुष्टि हुँदै आएको छ । जसको एउटा उदाहरण हो सेफ्टी ट्याङ्कीमा खसेर बालिकाका ज्यान गएको घटना ।

भरतपुर अस्पतालको बी ब्लक अर्थात् रगत जाँच, भिडियो एक्सरे, एमआरआइ लगायत जाँच गर्ने भवन अगाडि सानो खाली क्षेत्रमा अस्पतालले बालबालिका खेल्नको लागि स्थल पार्क बनाएको छ । त्यही पार्कमा सोही अस्पतालमा काम गर्ने कर्मचारी विकास मगरको ५ वर्षीया छोरी खेलिरहेकी थिइन् । नजिकै शौचालयको सेफ्टी ट्याङ्की छ । भरतपुर अस्पतालका शौचालयहरूको सेफ्टी ट्याङ्की नियमित जस्तो सफा गर्नुपर्ने हुन्छ ।

अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाका अनुसार दैनिक फोहोर फाल्नुपर्ने कारणले सेफ्टी ट्याङ्कीमा पाइप राखेर फोहोर निकाल्ने गरिन्छ । त्यसकारण उक्त सेफ्टी ट्याङ्कीमा पाइप घुसार्ने ठाउँको प्वाल भने सँधै खुला राखिने गरिन्थ्यो ।

नजिक बालबालिका खेल्ने सानो उद्यान भएको र त्यस वरपर शीतल पनि भएकोले अस्पतालमा बालबालिका लिएर आउने, भर्ना भएका बालबालिका तथा अभिभावकहरू पनि त्यस वरपर बस्ने गर्छन् ।

विकास मगर र उनको श्रीमती भरतपुर अस्पतालकै सफाइ कर्मचारी हुन् । उनीहरू अस्पतालमा काम गर्न आउँदा केही समय त्यही आसपास छोरीलाई खेल्न छोड्ने गर्थे । मङ्गलवार पनि दिउँसो पाँच वर्षकी छोरी अञ्जनालाई त्यही बाल उद्यानमा छोडेर काममा लागे ।

उद्यानमा खेलिरहेकी बालिका एक्कासि सेफ्टी ट्याङ्कीमा खसेको हल्लाखल्ला भयो । तर सेफ्टी ट्याङ्कीको ढक्कन खुला भने थिएन । उनी सेफ्टी ट्याङ्की भित्र पाइप घुसार्न खुला छोडिएको प्वालबाट छिरेकी अस्पतालको दाबी छ । बालिका कुपोषित भएकोले निकै दुब्लो पातलो भएको कारण पाइप छिराउने प्वालबाट भित्र छिर्न खोज्दा खसेको प्रवक्ता डा. सापकोटाको दाबी छ ।

अस्पतालमा हल्लाखल्ला भएपछि बालिकालाई बाहिर निकालेर अस्पतालकै इमरर्जेन्सी हुँदै आइसियूमा उपचार गरिए पनि उनको उपचार भने हुन सकेन । अस्पतालले बुधवार बेलुका बालिकालाई मृत घोषणा गर्‍यो । अस्पतालका प्रवक्ता डाक्टर सापकोटाका अनुसार बालिकालाई सेफ्टी ट्याङ्कीबाट निकाल्न करिब पाँच मिनेट जति मात्रै लागेको थियो । उपचार हुँदै गर्दा स्वास्थ्यमा सुधार पनि आएको थियो, तर एक्कासि उनको मृत्यु भएको उनले बताए ।

घटनाका सम्बन्धमा अस्पतालले यो समाचार तयार पार्दासम्म आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन । यद्यपि प्रवक्ता डाक्टर सापकोटाले नेपाल प्रेससँग कुरा गर्दै, व्यवस्थापकीय त्रुटिका कारण कल्पना पनि नगरेको दुखद दुर्घटना भएको बताए ।


प्रकाशित : २०८२ असार ३२, बुधबार ११:४४

लुम्बिनी दर्पण डेस्क

लेखकबाट थप

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस
  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा
  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?
  • भिजिट भिसामा स्पेन पुगेर नफर्केकाहरूमाथि अनुसन्धान थालियो : सरकार
  • किन विश्व अमेरिकालाई ‘खलनायक’ मान्दैछ, चीनको पक्षमा बढ्दै जनलहर?
प्रतिक्रिया

यो पनि पढौँ

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी

भर्खरै

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech