दाङको देउखुरीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ।दुर्घटनामा मोटरसाइकलका चालक राप्ती गाउँपालिका–३ मसुरियाका ४३ वर्षीय खिमबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।गएराति रा २ प ६२६१ नम्बरको मोटरसाइकल राप्ती पुलको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो। गम्भीर चोट लागेका पुनलाई तत्काल उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो ।तर डाक्टरले मृत घोषणा गरेका र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















