प्लालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा रहेको भनिएको विपिन जोशीको खोजीमा आमा र बहिनी सोमबार इजरायल जाने भएका छन् ।
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायलले विपिनकी आमा पद्मा र बहिनी पुष्पालाई लैजान लागेको हो। विपिनका दाइ किशोरले सोमबारका लागि नेपालमा रहेको इजरायली दूतावासले उनीहरूका लागि टिकट नै काटिदिएको बताए । इजरायल जान आमा र बहिनी कञ्चनपुरबाट काठमाडौं आएका छन् ।
सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका विपिनलाई हमास समूहले २०८० सालको असोज २० गते बन्धक बनाएको बताइएको छ । केही दिनपछि हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडियोमा देखिएपनि सोपछि विपिनको अवस्था अज्ञात छ ।
उनको रिहाइका लागि नेपाल सरकारसहित अन्तर्राष्ट्रिय संघसंस्थाले दबाब बनाएपनि अहिलेसम्म सम्भव देखिएको छैन । थप अन्तर्राष्ट्रिय दबाब दिन इजरायलले आमा र बहिनीलाई उतै लैजान लागेको हो । रासस




















