तौलिहवा । कपिलवस्तुको यसोधरा गाउँपालिकामा रहेको कृष्ण धार्मिक माध्यमिक विद्यालयमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई सम्मान गरिएको छ। आज आयोजित कार्यक्रममा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्माका सञ्चालक तथा युवा ब्यवसायी रुपक बनियाको सहयोग तथा विद्यालयको आयोजनामा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालयबाट साधारण तर्फ यशोधरा गाउँपालिकामा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थी मधु बरई लाई विशेष सम्मान गरिएको थियो। साथै विद्यालयबाट उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई प्रशंसापत्र, ट्रफी, खादा, डायरी, पेन, ब्याग लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो।
विद्यालयले विद्यार्थीहरुको मेहनत र सफलताको सम्मान गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो।
कार्यक्रमको समापनमा विद्यालयले सहयोग गर्ने सम्पूर्ण दाता, शिक्षक, अभिभावक तथा सहयोगीहरुप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।



















