ताजा अपडेट

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

विश्वकपमा अब रोनाल्डो मात्र

लुम्बिनी दर्पण २०८३ असार ४, बिहीबार १२:२१
[sharethis-inline-buttons]

लिओनल मेसी, किलियन एमबाप्पे र एर्लिङ हालान्डले फिफा विश्वकप २०२६ को सुरुआती खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्। अब सबैको ध्यान क्रिस्टियानो रोनाल्डोतर्फ केन्द्रित भएको छ।

पोर्चुगलका ४१ वर्षीय रोनाल्डो बुधबार विश्वकप अभियानको पहिलो खेलमा कंगोविरुद्ध मैदान उत्रने तयारीमा छन्। प्रतियोगिताका अन्य स्टार खेलाडीहरूले प्रभावशाली सुरुआत गरिसकेका बेला रोनाल्डोमाथि पनि ठूलो अपेक्षा छ।

मंगलबार फ्रान्सका एमबाप्पे र नर्वेका हालान्डले समान दुई–दुई गोल गर्दै आफ्नो टोलीलाई जित दिलाए। त्यसपछि अर्जेन्टिनाका कप्तान मेसीले ह्याट्रिक गर्दै विश्वकप इतिहासमा नयाँ कीर्तिमान बनाए।

मेसीको कुल विश्वकप गोल संख्या १६ पुगेको छ। योसँगै उनी जर्मनीका मिरोस्लाभ क्लोजेसँग संयुक्त रूपमा सर्वाधिक गोलकर्ता बनेका छन्।

रोनाल्डो पनि इतिहास रच्ने अभियानमा छन्। यदि यस विश्वकपमा गोल गर्न सफल भए भने उनी लगातार ६ फरक विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बन्नेछन्। मेसी पनि आफ्नो छैटौं विश्वकप खेलिरहेका छन्। तर, उनले सन् २०१० को विश्वकपमा गोल गर्न सकेका थिएनन्।

कंगोका मुख्य प्रशिक्षक सेबास्टियन डेसाब्रेले रोनाल्डोबारे प्रतिक्रिया दिँदै भने,‘म उनलाई शुभकामना दिन्छु। उनले गोल गरून् भन्ने चाहन्छु, तर हाम्रो टोलीविरुद्ध होइन।’

रोनाल्डो भने व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलतामा केन्द्रित देखिएका छन्। पोर्चुगलबाट प्रस्थान गर्नुअघि उनले पत्रकारहरूसँग भनेका थिए,‘हामी खेल–खेलमा ध्यान दिइरहेका छौं। अहिले नै उपाधि जित्ने कुरा सोचिरहेका छैनौं। सबै कुरा चरणबद्ध रूपमा अगाडि बढ्नुपर्छ। राम्रो सुरुआत सबैभन्दा महत्त्वपूर्ण हो।’

यद्यपि, केही पोर्चुगाली समर्थकहरू भने रोनाल्डोको उमेरलाई लिएर चिन्तित छन्। कतारमा सम्पन्न २०२२ विश्वकपमा रोनाल्डोले एक गोल गरेका थिए।

दक्षिण कोरियाविरुद्धको खेलमा प्रतिस्थापन गरिएपछि उनी असन्तुष्ट देखिएका थिए भने स्विट्जरल्यान्डविरुद्धको नकआउट खेलमा बेन्चमा राखिएका थिए।

त्यसपछि २०२४ युरोपियन च्याम्पियनसिपमा पनि उनले कुनै गोल गर्न सकेनन्। योसँगै अन्तर्राष्ट्रिय करिअरमा पहिलो पटक उनी ठूलो प्रतियोगितामा गोलविहीन भएका थिए।

तर, पछिल्ला वर्षहरूमा उनले पुनः आफ्नो गोल गर्ने क्षमता प्रमाणित गरेका छन्। २०२५ यूईएफए नेसन्स लिगमा पोर्चुगललाई उपाधि दिलाउने क्रममा उनले ८ गोल गरेका थिए। यसमा स्पेनविरुद्धको फाइनलमा गरेको महत्त्वपूर्ण बराबरी गोल पनि समावेश छ।

त्यस्तै, उनले हालै साउदी प्रो–लिगमा अल-नासरलाई पहिलो पटक लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले। उनले सिजनभर २८ गोल गर्दै क्लबका सर्वाधिक गोलकर्ता बने।

अब विश्व फुटबलका समर्थकहरू प्रतीक्षामा छन्। के रोनाल्डोले विश्वकपमा अर्को ऐतिहासिक अध्याय थप्दै आफ्नो नाम अझ सुनौलो अक्षरमा लेख्लान् त?


प्रकाशित : २०८३ असार ४, बिहीबार १२:२१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
प्रतिक्रिया

यो पनि पढौँ

तेस्रो ‘डि.वाई.सी. कप’ को आम्दानी–खर्च सार्वजनिक

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान

रोमाञ्चक फाइनलमा राजेश स्मृति फाउण्डेसन विजेता, तेस्रो डि.वाई.सी कपको ट्रफी उचाल्यो

तेस्रो ‘डि.वाई.सी कप’ : उपाधिका लागि लभ नेपाल र राजेश स्मृति आमनेसामने

तेस्रो ‘डि.वाई.सी कप फुटबल’: डाइ योङ्लाई हराउँदै राजेश स्मृति फाउण्डेसन सेमिफाइनल प्रवेश

मुर्गिया स्पोर्टस क्लब सैनामैना देवदह बी-लेभल पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बने

मनहरापुर ‘बी’लाई २–० ले पराजित गर्दै भग्लापुर ‘बी’ क्वाटरफाइनल नजिक

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

भर्खरै

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

  • प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

  • जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech