हरि आचार्य कपिलवस्तु, बैशाख १४
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेविसंघ क्षेत्र नं.१ कपिलवस्तु कोरोना भाईरस (कोभिड १९) को यो विश्व महामारीको अवस्थामा आफ्नो स्वास्थ्यको प्रवाह नगरि सामाजिक कार्यमा लागिपरेका छन् । विभिन्न संघ संस्था तथा संगठनहरुले प्रचारका लागि कार्य गर्ने प्रवृति बढिरहेका बेला नेविसंघ क्षेत्र नं.१ र तरुण दल कपिलवस्तु भने मानविय कार्यक्रमा यतिखेर लागिपरेका हुन् ।
लकडाउन घोषणा भईसकेपछि गरिव, विपन्न तथा गरिव परिवार एवम् आगलागि पिडितहरुको साहारा बन्दै आईरहेका छन् । सोहि क्रममा लकडाउनका बेला मजदुरी गरेर खाने अति बिपन्न परिवारको घरघरमा पुगेर राहत दिने कार्यलाई निरन्रता दिएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं.३ गंगौली, राजापानी तथा वडा नं. ४ मा भाडामा बस्ने बिद्यार्थी र गरिव विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । नगरपालिकाले दिन छुटेका अति बिपन्न परिवारलाई खाद्यान्न सामाग्री दाल, चामल, नुन, तेल र गर्मी याममा लाखुट्टेबाट बाट बच्ना लागि झुल लगायतका सामाग्री बितरण गरिएको नेविसंघ क्षेत्र नं.१ सभापति चन्द्रकान्त पोख्रेलले जानकारी दिएका छन् ।
लकडाउनले गर्दा दैनिक मजदुरी गरेर खाने परिवारलाई समस्या परेको आवाज आइरहेका बेला यस अघि पनि सरकारी पक्ष भन्दा पहिलेनै ती र त्यस्ता परिवारलाई अति आवश्यक खाद्यान्न सामग्री सहयोग गरिसकेको छ भने नगरपालिकाले बितरण गरिसक्दा समेत वास्तविक पीडितले नपाएको गुनासो र खबर थाहा पाउना साथ यो बेला आफ्नो ज्यानको जोखिम मोलेर भएपनी अती आवश्यक खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यलाई निरन्तरता दिएको क्षेत्रीय सभापति पोख्रेलले बताए ।
यस्तो विषम परिस्थितीमा कुनै पार्टी नहेरि अहिले राजनीति भन्दा माथी उठेर काम गरेको भन्दै बिपन्न परिवारको घरमा चुल्हो बाल्ने उद्देश्यका साथ अगाडि बढेको तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरिले बताए ।
यस्तै जनताकै सेवामा निरन्तर रुपमा लागि परेको भन्दै यस्तो समयमा आफू मात्र हैन अरुलाई पनि बाच्न पाउने अधिकारबाट बञ्चित हुन बाट रोक्नका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेको नेविसंघका इकाई सभापति दिनेश क्षेत्रीले बताए ।
कार्यक्रममा अति बिपन्न परिवारको नाम संकलन गरि त्यस्ता परिवारलाई खाद्यान्न सहयोग गरिएकोमा नेपाली कांग्रेस वडा नं.३ वडा सभापति खिमानन्द पान्डेले धन्यवाद ब्यक्त गरे । उनले राजनीति आफ्नो ठाउँमा हुने बताउदै यो बेला राजनीति भन्दा माथी उठेर काम गरिएको प्रति आभार प्रकट गरे ।
तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी, नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल, इकाई सभापति दिनेश क्षेत्री, वडा सभापति सभापति खिमानन्द पान्डे, कांग्रेस नेता नेता राजन पान्डे, तरुण दलका पवन थापा, नेविसंघका मीन थापा लगायतको उपस्थितिमा सामाग्री सहयोग गरिएको थियो । नेविसंघ र तरुण दलले कार्यक्रममा राजन पाण्डे र पवन थापालाई विशेष सहयोग गरेको भन्दै आभार व्यक्त गरेको छ ।