देशभक्तिपुर्ण ‘ हाम्रो माटो’ वोलको गीत सार्वजनिक

[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।

नेपाल आमाको छातीमाथि छिमेकी मुलुक भारतले परेड खेलिरहेको बेलामा नेपाली कलाकारहरुले राष्ट्रियता सम्बन्धि नयाँ सन्देश मुलक हाम्रो माटो बोलको गीत तथा भिडियो सार्वजनिक गरेका छन् । यति वेला छिमेकी मुलुक भारतेले हाम्रो मातृभुमिको न्यानो काख लिपुलेक बाट मानसरोवर जाने बाटो खोलर नेपाली माथी धावा वोलेको छ

नेपाल आमाले आफ्नो अस्तित्व रक्षाका लागि आफ्ना सन्तानसँग हार गुहार गरिरहेकी छन् । कलाकार तथा चलचित्र निर्माता बिक्रम शाह, चर्चित गायक अमृत खाती, हास्य कलाकार राजा राजेन्द्र पोखरेल, गायिकाहरु सिर्जु अधिकारी, अनु अधिकारी लगायतले यो गित सार्वजनिक गरेका हुन ।

भारतीय अतिक्रमणका कारण हाम्रो देशको सीमा दिन प्रतिदिन मिचिदै गैरहेको छ । पश्चिम दार्चुलाको लिम्पियाधुराबाट पूर्वताप्लेजुङसम्म दर्जनौँ स्थानहरुमा करिव ६१ हजार हेक्टर नेपाली भूमि लुटिएको छ ।

बिर पुर्खाहरुको रगत मसिनाले सिंचित हाम्रो देश नेपालको सिमाना पश्चिम किल्ला कागडा देखि पुर्वमा टिस्टा सम्म रहेको थियो । गीतले दुष्ट छिमेकीको असली चेहरा उदाङ्गो पारिदिएको छ । गीतले नेपाली भुमी रक्षा गर्न र नेपाली आमाको अस्मिता जोगाउन सबै नेपालीहरुलाई एक जुट हुन आव्हान गरेको गायक ब्रिकम जंग शाह बताउँछन् ।

अमृत खातिको शब्द र राजा राजेन्द्र पोख्रेलको संगीत रहेको गीतमा सङ्गीत संयोजन कमल सौरागको रहेको छ । रेकर्डिङ र मिक्सिङ्ग सन्जय श्रृपालको रहेको गीतको निर्देशन र सम्पादन हुम गैरेको रहेको छ । कलाकार सिर्जु अधिकारीको युट्युब मार्फत गीतलाई सार्वजनिक गरिएको हो । भिडियो


प्रकाशित : २०७७ जेष्ठ ८, बिहीबार ११:५४