समीक्षा अधिकारी ।
क्षितिजपारि एउटा सुनौलो बिहान बोलाइरहेछ,
मेरो सपनाको आकाशमा उज्यालो फिँजाईरहेछ ।
समयका कठोर ढुङ्गामाथि
म संघर्षका अक्षर कोरिरहेछु,
किनकि मलाई थाहा छ—
पसिनाको प्रत्येक थोपा
भोलिको सफलताको दीप बन्नेछ ।
मेरो लक्ष्य केवल उचाइ चुम्नु होइन,
आफ्नो अस्तित्वलाई अर्थ दिनु पनि हो ।
मानिसको भीडमा नाम होइन,
कर्मले चिनिने पहिचान बन्नु पनि हो ।
आँधी आए पनि विश्वास ढल्दैन,
अँध्यारो बढे पनि आशा मर्दैन ।
मनभित्र एउटा अटल संकल्प उदाइरहेछ,
जसले हारलाई समेत हाँसेर जित्न सिकाइरहेछ ।
म यात्रामा छु—
काँडाले भरिएको बाटो टेक्दै,
तर प्रत्येक पीडामा
भविष्यको फूल फुलिरहेको महसुस गर्दै ।
किनकि संघर्ष बिना
सफलताको आकाश कहिल्यै खुल्दैन ।
एकदिन समय आफैँ साक्षी बन्नेछ,
जब मेरा सपनाले यथार्थको रूप लिनेछन् ।
र इतिहासले लेख्नेछ—
“ऊ हारसँग झुकिन,
ऊ अँध्यारोसँग डराईन,
ऊ आफ्नै लक्ष्यको उज्यालो बनेर बाँचेको मान्छे थिई ।”



















