कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, जेठ ९
कपिलवस्तु जिल्ला कोरोनाको उच्च जोखिममा रहेको छ । शुक्रवार थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिकामा गरी ९ जना संक्रमित थपिएका हुन् । जसमा वाणगंगाका ५, मायादेवीका ३ र कपिलवस्तुका १ जना रहेका छन् ।

मन्त्रालयका अनुसार वाणगंगा नगरपालिका वडा नं ७ का ५३ बर्षीय, वडा नं ५ का २७ बर्षीय, वडा नं. १० का २५ बर्षीय, वडा नं. ८ का २४ बर्षीय पुरुष रहेका छन् । यस्तै वडा नं. ४ की ८ बर्षीया बालिकामा पनि कोरोना देखिएको छ ।

यस्तै मायादेवी गाउँपालिकामा ३ जना थपिएका छन् । ति मायादेवी गाउँपालिका वडा नं. ४ का ४५ बर्षीय, वडा नं ५ का ३४ बर्षीय र ३६ बर्षीय दुई जना पुरुष रहेका छन् ।

यता कपिलवस्तु नगरपालिकामा पनि एक जना थपिएका छन् । उनी वडा नं. ३ का २९ बर्षीय पुरुष रहेका छन् ।

योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । १० स्थानीय तह रहेको कपिलवस्तुमा सबैमा कोरोना देखिएको हो ।


प्रकाशित : २०७७ जेष्ठ ९, शुक्रबार ०५:४६