कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७७ पुग्यो

हरि आचार्य कपिलवस्तु, जेठ १०
कपिलवस्तुमा थप ८ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ । जस मध्ये वाणगंगा नगरपालिकाका ६ जना र बुद्धभूमि नगरपालिकाका २ जना रहेका छन् । जसमध्ये वाणगंगा नगरपालिका वडा नं। ८ का २५ बर्षिय पुरुष १ जना, वडा नं।३ १९ बर्षिय पुरुष १, वडा नं।११ का ४२ बर्षिय पुरुष १ जना, वडा नं। ५ क बर्ष ४० का पुरुष १ जना, वडा नं। १० का बर्ष ३५ का पुरुष १ र वडा नं। ६ का बर्ष २७ को महिला १ जना रहेका छन् ।

यसमध्ये एक जना वाणगंगा नगरपालिकाको एक वडाअध्यक्ष रहेको खुलेको छ भने एक जना पत्रकार रहेको पाईएको छ । अग्रपंतमिा रहेर काममा खटिएका जनप्रतिनिधि र संचारकर्मीलाई कोरोना संक्रमित भेटिएपछि वाणगंगा नगरवासी त्रसित भएका छन् ।

साथै बुद्धभुमी नगरपालिका वडा नं. ४ का बर्ष १७ को महिला १ र बर्ष २२ को पुरुष १ जना रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा रहेको बताईएको छ । यो संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *