वाणगंगामा २ जना पत्रकारलाई कोरोना संक्रमण

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, जेठ १०
कपिलवस्तुको वाणगंगा नगरपालिकामा २ जना पत्रकारमा कोरोना भार्ईरस पुष्टि भएको छ । थप संक्रमण देखिएका जिल्लाका ८ जनामा संक्रमण देखिएकोमा एक जनामा संक्रमण देखिएको छ भने एक जनामा भने शुक्रवार संक्रमण पुष्टि भएको थियो ।

जस मध्ये वाणगंगा नगरपालिकाका ६ जना र बुद्धभूमि नगरपालिकाका २ जना रहेका छन् । जसमध्ये वाणगंगा नगरपालिका वडा नं ८ का २५ बर्षिय पुरुष १ जना, वडा नं ३ १९ बर्षिय पुरुष १, वडा नं ११ का ४२ बर्षिय पुरुष १ जना, वडा नं ५ क बर्ष ४० का पुरुष १ जना, वडा नं १० का बर्ष ३५ का पुरुष १ र वडा नं ६ का बर्ष २७ को महिला १ जना रहेका छन् । संक्रमित वाणगंगा ११ का २४ बर्षिय पुरुष र वाणगंगा ६ का २७ बर्षिय महिला पत्रकार भएको खुलेको छ ।

यसमध्ये एक जना वाणगंगा नगरपालिकाको एक वडाअध्यक्ष रहेको खुलेको छ भने एक जना पत्रकार रहेको पाईएको छ । अग्रपंतमिा रहेर काममा खटिएका जनप्रतिनिधि र संचारकर्मीलाई कोरोना संक्रमित भेटिएपछि वाणगंगा नगरवासी त्रसित भएका छन् ।

साथै बुद्धभुमी नगरपालिका वडा नं। ४ का बर्ष १७ को महिला १ र बर्ष २२ को पुरुष १ जना रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा रहेको बताईएको छ । यो संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ ।


प्रकाशित : २०७७ जेष्ठ १०, शनिबार ०५:१८