हरि आचार्य कपिलवस्तु, जेठ १२
कपिलवस्तुमा सोमवार थप २ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा थप ३ जनामा कोरोना पुष्टि भएको हो । तिनै जना कोरोना संक्रमित शिवराज नगरपालिकामा वडा नं. ४, ५ र ६ का सबै पुरुष हुन् । ३ जना संक्रमित थपिएसंगै कपिलवस्तुमा संक्रसमतको संख्या ८३ पुगेको छ ।
त्यस्तै जिल्लाको सदरमुकाम स्थित कपिलवस्तु अस्पतालमा कार्यरत थप एक जना नर्सले कोरोना जितेर घर फर्किएकी छिन् । शनिबार साँझमात्र बुटवलमा उपचाररत कपिलवस्तुका १० जना कोरोना संक्रमितले एकै पटक कोरोना जितेर घर फर्किएका थिए । यो संगै कपिलवस्तुका संक्रमित ८३ मध्ये ११ जना निको भएका छन् ।