दुर्व्यसनी उपचार केन्द्रमा नेविसंघ र तरुण दल कपिलवस्तुको सहयोग

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, जेष्ठ १२
लागुपदार्थ दुर्व्यसनमा फसेका युवाहरुको उपचार गर्ने ठाउँ कपिलवस्तुको वाणगंगा नगरपालिका बाणगङ्गा १ बैरियामा रहेको राजेश आस्था फाउन्डेसनमा तरुण दल कपिलवस्तु र नेविसंघ क्षेत्र नं.१ ले खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । लकडाउनको विषम परिस्थितीमा समस्या खड्किएको अवस्थामा फाउन्डेसनमा समेत खाद्यान्नको अभाव देखिएपछि त्यहा उपचाररत रहेका बिरामिहरुलाई छाक टार्न गाह्रो भएकोले राहत प्रदान गरिएको तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरीले बताए ।

उनिहरुलाई तत्कालका लागि आवश्यक खाद्यान्न दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट लगायतका सामग्री हस्तान्तरण गरिएको छ। संस्थामा लागुपदार्थको दुर्ब्यसनमा परेकालाई उपचार गरिन्छ भने उनिहरुलाई मनोवैज्ञानिक तवरले समाजमा पुनःस्थापित हुनका लागि परामर्श समेत दिइन्छ। समाजमा रहेका युवाहरू जो कुलतमा छन् ती ब्यक्तिहरुलाई उपचार गर्ने ठाउमा समेत कुनै वडा नगरपालिका संघसंस्था कसैको ध्यान पुग्न नसकेको यो अवस्थामा त्यहा रहेकालाई लकडाउनले गर्दा खाद्यान्न समस्या परेको थियो।

आम्दानीको स्रोतका रुपमा ती ब्यक्तिहरुबाट लिने सामान्य शुल्क र अन्य संघ संस्थाबाट आउने सहयोग बाट चलेको यस संस्थाले केही त्यस्ता ब्यक्तिहरुलाइ निशुल्क समेत राखेको र अहिले लकडाउनले गर्दा संस्था चलाउन गाह्रो भएको संचालक नवीन रानाले बताए । यस्तो अवस्थामा खबर पाएपछि आफुहरुले सहयोग गरेको तरुण दलका तिलक थापाले बताए ।

नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले लकडाउनले गर्दा समस्या देखिएको थापा पाएपछि सहयोग जुटाई उनिहरुलाई केही दिन भएपनी राहत मिल्नेछ भनि सहयोग गरेको बताए । उनले सहयोगले उनिहरुलाई तत्काल देखिएको समस्या टर्ने बताउदै यी युवाहरुको मनोबल उच्च राख्न सबै लाग्नुपर्ने बताए ।

तरुण दलका जिल्ला सभापति ठकुरिले युवा कुनै कारणले दुर्ब्यसनमा फस्नु अपराध नभएको र सुध्रिन्छु भनेर उपचारमा बसेपछि उनिहरुलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्ने बताए । सहयोग पाईसकेपछी संस्थाका प्रमुख किरन सिंह ठकुरिले यस्तो बेलामा सहयोग गर्नुभएकोमा मनोबल उच्च भएको भन्दै नेविसंघ र तरुणदल लाई धन्यवाद ब्यक्त गरे ।

कार्यक्रममा तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी, क्षेत्रीय सभापति तिलक थापा, नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल, तरुण दलका सुशील सिंह ठकुरी, दिपक घिमिर को उपस्थिति रहेको थियो। उक्त सामाग्री नेविसंघ र तरुण दलबाट संस्थाका प्रमुख र संचालक नवीन राना र किरन सिंह ठकुरिलाई हस्तान्तरण गरिएको हो ।


प्रकाशित : २०७७ जेष्ठ १२, सोमबार १२:०५