
लुदअ,तौलिहवा ।
कपिलवस्तु नगरपालिका वडा नं.४ मालपारास्थित श्री सुन्दर प्राथमिक विद्यालयमा रहेको क्वारेन्टाइनबाट सोमबार २५ जना मानिस भागेका छन् । १४ दिन अगाडी भारतको बिभिन्न ठाउँबाट आइ सो क्वारेन्टाइनमा बसेका उनिहरु १४ दिन बिति सक्दा पनि स्वास्थ्य परिक्षण नभएको भन्दै बिवाद गरी भागेका हुन् ।
यसरी क्वारेन्टाइनमा बसेका व्यक्तिहरु आफूखुशी आ–आफ्नो घर गएपछि स्थानीयवासीहरु त्रसित भएका छन् । उनीहरु मालपारा,गोलपुर, विरपुर लगायतका गाउका रहेका छन् ।
क्वारेन्टाईनमा वसेकालाई नगरपालिकाले केही सुविधा दिएको छैन । उनीहरुले आफ्नै घरवाट खाना ,नास्ता लगायत बिछ्यौना को व्यवस्था गरेका छन । क्वारेन्टाईनको रेखदेख र सुरक्षा दिने पनी कोही नभएको स्थानियको गुनासो रहेको थियो । यसरी क्वारेन्टाईनको उचित व्यवस्थीत नहुदा कपिलवस्तुका क्वारेन्टाईनबाट पटक पटक मानिसहरु भाग्ने गरेका छन ।