बुद्धभूमिका २ जना कोरोना संक्रमितलाई विजयनगरको आइसोलेशन सेन्टरमा लगियो

ByLumbini Darpan Online

१३ जेष्ठ २०७७, मंगलवार ०३:४३ १३ जेष्ठ २०७७, मंगलवार ०३:४३ १३ जेष्ठ २०७७, मंगलवार ०३:४३

लुदअ विजयनगर, जेष्ठ १३
कपिलवस्तुको बुद्धभूमी नगरपालिकाका दुई कोरोना संक्रमित व्यक्तिलाई विजयनगर गाउँपालिकाको आइसोलेशन सेन्टरमा व्यवस्थापन गरिएको छ । बुद्धभूमीमा तत्काल आइसोलेशनको व्यवस्था नहुँदा दुई पालिकाका प्रमुखहरु बीच समन्वय गरी बुद्धभूमी वडा नं. ४ का कोरोना संक्रमित २२ वर्षिय र १७ वर्षिय पुरुषलाई आइसोलेशन सेन्टरमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताएका छन् ।

उनीहरुलाई गाउँपालिकाको वडा नं. ७ परसोहियामा रहेको आर्युवेदिक अस्पतालमा बनाईको आइसोलेशन सेन्टरमा राखिएको छ । दुबै कोरोना संक्रमितलाई आइतवार नै आइसोलेशनमा राखिएको अध्यक्ष थापाले बताए ।

अहिले गाउँपालिकाका ३ जना र बुद्धभूमीका २ जना गरी ५ जना कोरोना संक्रमितलाई आइसोलेशन सेन्टरमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य र प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा रहेको अधिकारीले बताए ।

विजयनगरका ३ जनामा एकै पटक कोरोनाको संक्रमण देखिएपछि गाउँपालिकाकाले २५ बेडसहितको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *