कपिलवस्तुको विजयनगरमा आगलागी, २० लाखको क्षति

ByLumbini Darpan Online

१४ जेष्ठ २०७७, बुधबार ०२:५४ १४ जेष्ठ २०७७, बुधबार ०२:५४ १४ जेष्ठ २०७७, बुधबार ०२:५४

लुदअ विजयनगर, जेष्ठ १४
कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा ९ घरसहित २ गोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नं. ७ मानपुरमा मंगलवार दिउँसो आगलागी हुँदा घरगोठ जलेको हो । स्थानीय रमेश यादवको गोठबाट आगलागी भएको थियो

आगलागीबाट लत्ता कपडा, खाद्यान्न, भाँडाकुडा नगद र गरगहनासहित अन्दाजी २० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपाल जानकारी दिए ।

आगलागीबाट पशु चौपाया र मानवीय क्षति नभएको नेपालले बताए । आगो स्थानीय, प्रहरी र दमकलद्धारा नियन्त्रणमा आएकोे थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *