वाणगंगाले कन्ट्रयाक ट्रेसिङ् सक्यो, आज बाट स्वाब संकलन गर्दै

लुदअ कपिलवस्तु, जेठ १४
कपिलवस्तुको वाणगंगा नगरपालिकाले कोरोना संक्रमित भेटिएका समुदायमा कन्ट्याक्क ट्रेसिङको काम सम्पन्न गरेको छ । नगरका दुई सञ्चारकर्मी, एक जनप्रतिनिधि र एक बालिका रहेको गाउँको कन्ट्याक्क ट्रेसिङ गरिएको हो ।

कोरोनाको सम्भावित जोखिम रहेको स्थानमा कन्ट्याक्क ट्रेसिङ गरिएको नगरपालिकाका नगर प्रवक्ता विष्णु पौडेलले बताए ।

नगरपालिकाले आजबाट झण्डै १ सय ३० जनामा कोरोनाको नमुना परिक्षण सुरु गर्ने जनाएको छ ।

स्वाब परिक्षण लिदा कन्ट्याक्क ट्रेसिङमा आएका समुदाय र क्वारेनटाइनमा बसेर समय पुगेका व्यक्तिलाई प्राथमिकता दिइने उनले बताए ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *