रुकुममा भएको घटनाको बिरुद्ध बनगाईमा सांकेतिक बिरोध

ByLumbini Darpan Online

१७ जेष्ठ २०७७, शनिबार १२:१७ १७ जेष्ठ २०७७, शनिबार १२:१७ १७ जेष्ठ २०७७, शनिबार १२:१७

कपिलवस्तु ,जेठ १७ ।

रुकुम पश्चिमको चौरहारी नगरपालिका ८ मा शनिबार भएको घटनाको बिरोधमा आज कपिलवस्तु जिल्लाको बनगाईमा सांकेतिक विरोध प्रदर्शन भएको छ ।  दलित अगुवाहरुको पहलमा रुकुम हत्याकाण्डको घटनामा संलग्न लाई कारबाही गर्न र नवराज बिक लगायतका मृतकहरु लाई सरकारबाट बाट उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दे सांकेतिक बिरोध कार्यक्रम गरेको छ ।

सो कार्यक्रमका सहभागीहरुले जातिय बिभेदको अन्य होस् , घटनाका दोषीलाई कारवाही होस्, सरकार अध्यारोमा छ, उज्यालो यहाँ छ लगायतका नारा लेखएको प्लेकार्डहरु बोकेका थिए । कार्यक्रममा बाणगंगा नगरपालिका वार्ड नं ७ , ८ र ६ का अगुवाहरुको सहभागिता रहेको तिलक बि.क.ले बताएका छन् । २१ औ शताब्दीमा दलित समुदायले अन्तरजातिय विवाह गर्न खोज्दा ज्यान जाने गरी घटना घट्नु अत्यन्त निन्दनिय कार्य भएको र घटनाको सत्य तथ्य छानविन गरी नेपालको सविधान र कानुन बमोजिम दोषीलाई हदै समेतको कारवाही गरी पिडितलाई न्याय ,क्षतिपुर्ती र सामाजिक सुरक्षा कायम गर्न सहभागीहरुले सरकारसँग माग गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *