मानव अधिकार तथा शान्ति समाजले भोली ४ नं मा बिरोध प्रर्दशन गर्दे

लुदअ,जेठ १७ गते ।

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाको आयोजनामा आइतबार बिहान ८ बजे चार नम्बरमा शान्तिपुर्ण प्रदर्शन हुने भएको छ । अहिलेदेशका बिभिन्न स्थानमा मानव अधिकार उलंघनका घटना बढ्दै गैरहेका अवस्थामा सरकारको ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गर्न लागिएको मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखा अध्यक्ष गोबिन्द पोख्रेलले बताएका छन् ।

कार्यक्रममा प्रदेश सभा सांसद माला गोतामे , संविधान सभा सदस्य बिनोद पहाडी, शान्ति समाजका बरिष्ठ उपाध्यक्ष गोविन्द खनाल , केन्द्रिय सदस्य कृष्ण पंगेनी लगायतको उपस्थिती रहने अध्यक्ष पोख्रेलले बताएका छन् ।

पछिल्लो समय रुकुम पश्चिमको नवराज वि.क.हत्या प्रकरण अत्यन्त निन्दनिय कार्य भएको र घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई नेपालको सविधान र कानुन बमोजिम कारवाही गरी पिडितलाई न्याय ,क्षतिपुर्ती र सामाजिक सुरक्षा कायम राख्नु पर्ने आवाज देश व्यापी उठिरहेको छ । भौतिक र सामाजिक दूरी कायम गरि बिरोध प्रदर्सन कार्यक्रम आयोजना गरिएको हुँदा जिल्लामा क्रियाशिल विभिन्न अधिकारकर्मी, पत्रकार, नागरिक समाज, सामाजिक अभियान्ताहरुलाई सो कार्यक्रम उपस्थित हुन संस्थाले आव्हान समेत गरेको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *