क्वारेन्टाईनमा रहेकाको सेवा गर्दै बुद्धभूमि ३ का युवाहरु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

शिव खनाल कपिलवस्तु, जेठ १८
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) कारण विश्व नै क्रसित बनेकोछ । यस्तो विषम परिस्थितीमा भारत लगाएतका विभिन्न देशबाट आएका नागरिकलाई व्यवस्थापन गर्ने कार्यमा धेरै चुनौती परेको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ३ का युवाहरूले भने क्वारेन्टाईनमा बसेका व्यक्तिहरुलाई सहयोग गरेका छन् ।

वडा नं.३ का युवाहरुले क्वारेन्टाईनमा बसेका व्यक्तिको समस्यालाई मध्यनजर गर्दै खाद्यान्न, तरकारी र रोगसंग लड्ने क्षमतको विकास गर्न अण्डा प्रदान गरेका छन् । बुद्धभुमी ३ रनगाईको क्वारेन्टाइनमा भारत लगाएतका देशबाट आई बसेकाहरुको लागि २० के.जी. हरियो तरकारी सहित अण्डा सहयोग गरिएको हो ।

 

बुद्धभुमी ३ का समाजसेवी युवाहरु यम बहादुर थापा, लेखनाथ बेल्बासे, रतन विक, पारस मरासिनी, रामवृक्ष चौधरी, वडा अध्यक्ष गोबिन्द प्रसाद आचार्य (विकास) मार्फत सहयोग हस्तान्तरण गरिएको हो ।


प्रकाशित : २०७७ जेष्ठ १८, आईतवार ०१:४४