आगलागी बस्तीमा राहत लिएर पुगे तरुण दल र नेविसंघ कपिलवस्तु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, जेठ १८
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं.१० पटना बिरपुरमा रहेको अर्जुन प्रसाद चौधरीको घरमा रहेको खाना पकाउने ग्यास चुलोमा सर्टभएर आगलागी फैलिएको बताईएको छ। उक्त घरबाट सुरु भएको आगलागी उनको घरगोठ जलि नष्ट भएको र तत्काल स्थानियले आगो नियन्त्रणमा लिन प्रयास गर्दा गर्दै घरगोठ पुर्णरुपमा जलेर नष्ट भएको छ। आगलागी बाट घरमा रहेको सम्पुर्ण खाद्यान्न लत्ताकपडा गरगहना महत्त्वपूर्ण कागजात जलेर पुर्ण रुपमा नष्ट लभएको छ भने कुनै मानवीय छ्यती भएको छैन तर उहाको ८ जनाको परिवार खुला आकास मुनि बस्न बाध्य रहेको बताइएको छ।

आगलागीको घटना थाहा पाउनासाथ नेविसंघ र तरुण दल कपिलवस्तुको टिम उक्त घटनास्थल पुगि त्यहाको बस्तुस्थिती बुझी अग्निपिडितलाई खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गरिएको छ।आगलागी पीडितलाई उनकै घरमा पुगि तत्काल आवश्यक पर्ने खाद्यान्न दाल,चामल,तेल,नुन त्यसैगरी डसना,झुल सिरानी लगायतका सामाग्री हस्तान्तरण गरिएको तरुण दलका छेत्रीय सदस्य दिपक घिमिरेले बताउनु भयो। आगलागी भएको खबर त्यहाका वडा सदस्य रामनछ्यत्र चौधरीले सुन्नासाथ हामिलाई खबर गर्नुभयो तत्काल हामी त्यहा पुगेर बस्तुस्थिती बुझ्यौ बुझ्दा घरगोठ जलेर नस्ट भएको रहेछ र त्यो परिवार खुला आकासमुनी बस्न बाध्य रहेको यो अवस्थामा हामिले मानवीय नाताले तत्कालका लागि आवस्यक पर्ने खाद्यान्न जुटाई सहयोग गरेका छौ।हामिहरु सधै सामाजिक कार्यका लागि लागिपरेको बताउदै येस्तो बिपत्तिको बेला सबैले मिलेर सहयोग गर्नुपर्ने र हामिले पनि आफुले सक्ने सहयोग अग्निपिडितलाई गरिएको छ।

ती पीडितको घाउमा थोरै भएपनि मलम लगाउन आफुहरुले सहयोग गरेको नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले बताउनुभयो। येस्तो बिपत्तिमा को के भनेर हेर्ने भन्दा पनि परिवारलाई आवस्यक परेको सामाग्री जुटाई उनिहरुको घाउमा मलम लगाउन आफुहरु पुगेको र ती पीडितको पिडामा आफुहरु काध थापेर उहाहरुलाई आवश्यक पर्ने केही खाद्यान्न सहयोग तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरिले बताउनु भयो। सहयोग सामाग्री हस्तान्तरण गर्दै गर्दा तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी,नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेल,तरुण दल छेत्रीय सदस्य दिपक घिमिरे, नेविसंघका नेता खिमानन्द घिमिरे, त्यस वडाका वडा अध्यक्ष रामबिहारी चौधरी, वडा सदस्य रामनछ्यत्र चौधरी,नेपाली कांग्रेसका नेता कृष्ण कार्की र रमेश चाई लगायतको उपस्थितिमा आगलागी पीडित अर्जुन प्रसाद चौधरीलाई सामाग्री हस्तान्तरण गरिएको थियो।

उक्त सामाग्री पाइसकेपछी अग्नि पीडित अर्जुन प्रसाद चौधरीले तरुण दल र नेविसंघलाई धन्यवाद ब्यक्त गर्दै तत्कालको लागि यो सहयोग ठूलो सहयोग भएको बताउनु भयो।भने वडा अध्यक्ष रामबिहारी चौधरीले उहालाई थप सहयोग वडाबाट र नगरपालिका बाट गरिने बिस्वस्त पार्नुभएको थियो।


प्रकाशित : २०७७ जेष्ठ १८, आईतवार १५:१५