रुकुम घट्ना बिरुद्ध मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुद्धारा विरोध प्रदर्शन

[sharethis-inline-buttons]

लुदअ कपिलबस्तु, जेठ १८
रुकुम पश्चिम चौरजहारीमा घटेको घटनाको सत्य तथ्य छानविन गर्नका लागि संसदिय समिति गठन गर्न, दोषीमाथि कानुनसम्मत कारबाही गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाज कपिलबस्तु शाखाको आयोजनामा वाणगंगा नगरपालिका चार नम्बर जितपुर मा विरोध प्रदर्शन सम्पन्न भएको छ । मुलुकमा जातिय बिभेद तथा मानब अधिकार उल्लंघन भैरहेको भन्दै मानब अधिकार तथा शान्ती समाज कपिलबस्तु शाखाले बिरोध प्रर्दशन गरेको हो ।

 

साथै यस्ता घटनाले मुलुक बिभेदरहित समाजको परिकल्पना गर्न नसकिने पनि निष्कर्ष निकालिएको छ। विरोध प्रदर्शनमा प्रमुख वक्ताको रुपमा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति गोविन्द खनाल, विशिष्ट वक्ताहरु शान्ति समाजका केन्द्रिय सदस्य लालप्रसाद पंगेनी, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडी तथा वक्ताहरु नागरिक समाज कपिलबस्तुका कोषाध्यक्ष अर्जुन पोख्रेल, वाणगंगा सुन चाँदी व्यवसायी संघका अध्यक्ष डिल बहादुर खाती, मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष पोम नारायण पौडेल, दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियार, रोमकान्त घिमिरे, कुलराज पौडेल ,लगाएतको उपस्थिती सहित मानव अधिकार तथा शान्ती समाज कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेल को अध्यक्षता तथा जिल्ला सदस्य माधब घिमिरेको संचालनमा सामाजिक दुरी कायम गर्दै बिरोध कार्यक्रम सप्पन्न भएको थियो।

सो कार्यक्रममा ६० जना बढी अधिकारकर्मीहरुको उपस्थिती रहेको थियो।


प्रकाशित : २०७७ जेष्ठ १८, आईतवार १५:२३