Latest Posts

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो...

नेपालले अमेरिका विरुद्ध ब्याटिङ गर्ने

काठमाडौं,आश्विन १ क्रिकेट वर्ल्डकप...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका...

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय...

Latest Posts

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जना […]

Arv

l

वाणगंगा सहित जिल्लामा थप १७ जनामा कोरोना पुष्टि, कपिलवस्तुमा संक्रमितको संख्या ३ सय ३४ पुग्यो

लुदअ कपिलवस्तु, जेठ २०
कपिलवस्तुमा मंगलबार पुनः १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन नगरपालिकाका १७ जनामा कोरोना भाइरस (कोभिड १९) देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार वाणगंगा नगरपालिका वडा नं ४ का एकजनामा कोरोना देखिएको छ । उनी १६ बर्षीय पुरुष रहेका छन ।

यस्तै शिवराज नगरपालिकाका १५ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । जसमा वडा नं ३ का २०, २३ र २४ बर्षीय तीन जना पुरुष रहेका छन ।

यस्तै वडा नं ४ का १८ र ४२ बर्षका दुई पुरुष रहेका छन ।

वडा नं ५ का २४ र २८ बर्षका दुई महिला र २१ र ३० बर्षमा दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वडा नं ६ का १९ बर्षीया १ महिलामा पनि कोरोना देखिएको छ ।

वडा नं ८ का २८ बर्षीय एक जना पुरुष, वडा नं १० का १७ बर्षीय एक जना पुरुष पनि संक्रमित भएका छन ।

यसैगरी वडा नं ११ का १७, २३ र २९ बर्षीय तीन जना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै महाराजगञ्ज नगरपालिकाको वडा नं १० का १२ बर्षीय एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यो संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३ सय ३४ पुगेको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *