
लुदअ कपिलबस्तु, जेठ २१
जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा बसिएको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकबाट विभिन्न किसिमको निर्णय गरिएको छ ।
जिल्लामा संचालन भइरहेको बैंक तथा वित्तिय संस्थाहरु हप्तामा ६ दिन खुल्ला रहने छ तर जोरबार सोमबार, बुधबार र शुक्रबा० जोर खाता नं। र विजोरबार आइतबार, मंगलबार र विहिबार० विजोर खाता नं. को मात्र कारोबार गर्न सकिने छन् । अतिआवश्यकिय सामानहरु र निर्माण सामाग्री खरिद गर्नको लागि प्रत्येक दिन विहान ११ बजे देखि दिउसो २ बजे सम्मको लागि तोकिएको छ ।
त्यस्तै नदिजन्य पदार्थको पुर्ववत रुपमा संकलन तथा ढुवानी गर्ने र निर्माण सम्बन्धि उद्योगहरु ईटा, सिमेण्ट, छड तथा प्लाइउड तथा फर्निचार उद्योग, विद्युतिय सामाग्री उत्पादन गर्ने उद्योग र खाद्य सामाग्री उत्पादन गर्ने उद्योगहरु, राष्ट्रिय गौरवको आयोजनाहरु र प्राथमिकता प्राप्त आयोजनाहरु तोहिएको शर्त अधिनमा रहि जिल्ला प्रशासन कार्यालयको अनुमति लिई संचालन गर्नु पर्ने जिल्ला प्रशासन कार्यालय कपिलबस्तुका प्रशासकिय अधिकृत मनोज कुमार शैनिले जानकारी दिएका छन् ।