कपिलवस्तुमा धारिलो वस्तुले प्रहार गरी १ जनाको हत्या

ByLumbini Darpan Online

२१ जेष्ठ २०७७, बुधबार ०२:२६ २१ जेष्ठ २०७७, बुधबार ०२:२६ २१ जेष्ठ २०७७, बुधबार ०२:२६

लुदअ कपिलवस्तु, २१ जेठ
कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुरमा एक जनाको कुटपीटबाट हत्या गरिएको छ । स्थानीय ५० वर्षीय श्याम नारायण तिवारीलाई धारिलो वस्तुले प्रहार गरी हत्या गरिएको स्थानीयले बताएका छन् । मृतक तिवारीको बांया आंखा किनारमा चोट छ । यसै गरी घांटी निर काटिएको अवस्थामा शव रहेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोली घटना स्थलमा पुगेको छ । मृतक तिवारीको शवलाई घटना स्थलमै शील गरी प्रहरी नियन्त्रणमा राखिएको छ । आपसी लेनदेनका विषयमा झगडा हुंदा घटना घटेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *