किसान को उत्पादन बढाउन हाइब्रिड धानको विउ वितरण गरिएको ःनगर प्रमुख शाह

[sharethis-inline-buttons]

अजय मिश्र,कृष्णनगर, जेष्ठ २१

कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका ले किसानहरुको उत्पादन बढाउन र व्यवसायिक प्रबृधिबाट धान खेती गर्नका कृषकहरुलाई १८ क्विंटल हाइब्रिड धानको बिउ वितरण गरिरहेको छ ।

कृष्णनगर नगरपालिका बहादुरगंज मा रहेको राम गोरखा मा. वि. मा उक्त विउ वितरण भइ रहेको छ । किसान को विउ छर्ने बेला रहेका ले उक्त धान वितरण गर्न लागिएको कृष्णनगर नगरपालिका कृषि अधिकृत सुदिप प्रताप मौर्य ले जानकारी दिए ।

१८ क्विंटल हाइब्रिड धानको बिउ मा ६४४४ जुन १३५ दिन म तयार हुने , ३०५ जुन १२५ १३५ दिनमा तयार हुने र महिको कम्पनी को उपज धान १२० दिन मा तयार हुने खालको जात रहेको छ । कृषि समुह र किसान व्यक्तिगत मार्फत उक्त विउ वितरण गरिने कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र राम चौधरी ले जानकारी दिए ।

किसान को उत्पादन बढाउन हाइब्रिड जातको धानको विउ वितरण गर्न लागिएको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले बताएका छन् ।


प्रकाशित : २०७७ जेष्ठ २१, बुधबार ०९:०९