कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४ सय नाघ्यो, ३२ जना निको

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, २२ जेठ
कपिलवस्तुमा बुधबार दिउँसो थप ७ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार एक जना ३७ बर्षीय महिलासहित अन्य ६ जना पुरुष रहेका छन । थपिएका संक्रमित बुद्दभूमि नगरपालिका वडा नं. ५ का रहेका छन । जसमा १४ देखि ३४ बर्षसम्मका ६ पुरुष रहेका छन । विहान मात्र जिल्लाको वाणगंगा नगरपालिकामा २ जना संक्रमित भेटिएका थिए । संक्रमित देखिनेमा वडा नं. ७ का ३४ बर्षीय र वडा नं. ९ का ३९ बर्षीय दुईजना पुरुष रहेका छन । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४ सय २ पुगेको छ ।

कपिलवस्तमा थप ८ जना कोरोना संक्रमण मुक्त भएका छन । यसंगै जिल्लामा कोरोनामुक्त हुनेको संख्या ३२ पुगको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ । कृष्णनर क्षेत्रमा कार्यरत ४ सुरक्षाकर्मी, एक नगरपालिकाका कर्मचारी सहीत ५ जना बुधवार बिहान कोरोनामुक्र भएका हुन । उनीहरु तौहिलाव स्थित तिलौराकोट क्याफे एन्ड रेस्ुरेन्टमा १४ दिन अघि देखि आइसोलेन सेन्टमा बस्दै आएका थिए । यस्तै बुद्धुभ्मीका मायादेबी र यशोधरा एक एक जना समते कोरोनामुक्त भएका छन । उनीहरु बुटलको कोरोना अस्पतालमा उपचारत थिए । दोश्रो र तेश्रो पिसिआर रिपोर्ट नेगेटिभ आए पछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थय कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।


प्रकाशित : २०७७ जेष्ठ २२, बिहीबार ०१:१६