सामाज सेवामा अग्रसर बन्दै, (नेकपा) बुद्धभुमी ४ का युवा

[sharethis-inline-buttons]

शिब खनाल कपिलवस्तु, जेठ २२
कपिलवस्तु : कोरोना सङ्क्रमणको उच्च जोखिममा परेको कपिलवस्तु जिल्लामा सम्पूर्ण स्थानीय तहहरुमा कोरोना क्वारेन्टाइनको व्यवस्था गरिएको छ । कोरोना क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनमा स्थानीय तह, स्थानीय बासी, संघसंस्था तथा युवाहरु एकजुट भएका छन । यस विषम परिस्थितिमा पनि देश तथा विदेशमा रहने नेपालीहरुले सहयोग गर्दै आएका छन ।

बुद्धभूमिमा निर्माण गरिएका क्वारेन्टाईनमा बस्ने नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी हाल बेलायतमा रहने बुद्धभूमि ४ निवासी सुभद्रा श्रेष्ठको छोरा तथा नेकपाका नेता रुपेश कुमार श्रेष्ठका भाइ राजेन्द्र श्रेष्ठले आर्थिक सहयोग गरेका हुन

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका सम्पूर्ण वडा स्तरका कोरोना क्वारेन्टाइनहरुमा करिब ३० हजार मूल्य बराबरको अण्डा वितरण गरिएको छ । आज बिहिबार बुद्धभूमि ४ का नेकपा सम्बद्ध युवाहरुको सहजीकरणमा नगरपालिका का १५ बढी क्वारेन्टाइनमा पुर्‍याईएको हो ।

बुद्धभूमि ४ का नेकपा सम्बद्ध युवाहरुले कोरोना कहरका समयमा नगरपालिका भित्र विभिन्न खाले सहयोगका अभियानहरु चलाउँदै आएका छन । सोही युवाद्वारा संचालित अभियान मार्फत अण्डा वितरण गरिएको अभियान कर्मी लेखनाथ खनालले जानकारी दिए ।

अभियानका अगुवा लेखनाथ खनालका अनुसार यस सहयोगको कार्यक्रममा बुद्धभूमि- ४ निवासी श्री ईश्वरी प्रसाद भुसाल, किरण खनाल, सुनिल खनाल, विष्णु शर्मा, पदम थापा, बर्षा लम्साल, दिपक खनाल लगाएतका युवाहरुले सक्रिय भूमिका निभाएका थिए ।


प्रकाशित : २०७७ जेष्ठ २२, बिहीबार १६:००