भ्यु प्वाइन्ट क्लव पोखराद्धारा रक्तदान कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ,पोखरा ।

भ्यु प्वाइन्ट क्लब पोखराको आयोजना र नेपाल रेडक्रस सोसाइटी कास्किको संयोजनमा आज पोखरामा रक्तदान कार्यक्रम गरिएको छ ।
सुरक्षित , ब्यबस्थित तरिकाबाट आयोजना गरिएको सो रक्तदान कार्यक्रमबाट ६५ युनिट रगत संकलन गरिएको आयोजकले बताएको छ ।

कोरोना भाइरस ( कोभिड १९) को प्रभावका कारण देश लकडाउनमा रहेको अवस्थामा रगतको कमी हुन नदिन सो कार्यक्रम गरिएको बताइएको छ ।

कार्यक्रम नेपाल नेपाल रेडक्रस सोसाइटी पुम्दि भुम्दिका अध्यक्ष टेकनाथ बरालको प्रमुख आतिथित्यतामा सम्पन्न भएको छ । संस्थाले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गर्ने संस्था नेपाल रेडक्रस सोसाइटी, कास्की शाखा, रक्तदाता, क्लवका कार्यसमिति तथा सदस्यहरु र उपस्थित सम्पूर्ण सहयोगी मनहरुमा धन्यवाद ज्ञापन गरेको छ ।


प्रकाशित : २०७७ जेष्ठ २५, आईतवार १३:१२