अपांग, विपन्न परिवारको साहारा बन्दै ७ नम्बर वडा

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, जेठ २६
युग र जनताको आवश्यकतालाई मध्यनजर गर्दै विकास निर्माणलाई तिब्रता दिएको कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ वडा कार्यालयले अपांग गरिव विपन्नको घाउमा मलम लगाएको छ । वढा कार्याललये लक्षित वर्गका कार्यक्रम अनुसार वडा भित्रका अतिविपन्न ७ परिवारलाई १/१ वटा ब्याउने बाख्रा वितरण गरि गरिव विपन्नको जिविकोपार्जनमा टेवा पु¥याएको छ ।

वडा भित्रका अत्यन्तै गरीब विपन्न वर्गका ६ जना अपांगहरुलाई छनोट गरी उनीहरूको जीविकोपार्जन गर्न टेवा पुग्ला, आत्म निर्भर हुन सजिलो होला भन्ने उद्देश्यले १,१ वटा ब्याउने बाख्रा वितरण गरिएको वडाअध्यक्ष विष्णु गिरीले जानकारी दिएका छन् । उनले भौतिक विकास निर्मणले संमृद्ध वडा हुन नसक्ने भन्दै वडावासीको आवश्यकतालाई पनि सम्बोधन गर्न आवश्यक रहेको बताए ।

चालू आर्थिक वर्ष २०७६/०७७ मा वडाले अपांग लक्षित कार्यक्रममा छुट्टयाएको ५० हजार रुपैयाँ बाट उक्त बाख्राहरु खरिद गरी वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।


प्रकाशित : २०७७ जेष्ठ २६, सोमबार ०४:४७