बाणगंगा नगरको नीति तथा कार्यक्रम असार ५ गते प्रस्तुत हुने

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, जेष्ठ २७
कपिलवस्तुको बाणगंगा नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम असार ५ गते प्रस्तुत हुने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गने बिषयमा सोमबार बसेको नगरकार्यपालिकाको बैठकले निर्णय गरेको हो । सम्पन्न बैठकमा ७ आंै नगरसभाको तयारीका बिषयमा बिभिन्न निर्णयहरु भएका छन् । वाणगंगा नगरपालिकाका जप्रतिनिधिहरुले कोरोना सहयोगका लागि आफूले पाउने गरेको १० दिन बराबरको रकम विपद् व्यावस्थापन कोषमा जम्मा गर्ने निणर्य गरेका छन् ।

पालिकाको नियमित बैठकमा सो निणर्य गरिएको नगरपालिकाले जनाएको छ । यसका साथै ४ वटा मापदण्ड तय गरि भुगोलका आधारमा, जनसंख्याका आधारमा, भौगोलिक विकटताका आधारमा र आन्तरिक आयका आधारहरु औंल्याउँदै बजेट छुट्याएर प्रत्येक वडाले १ करोड सम्मको बजेट सिलिङ प्राप्त गर्ने नगरपालिकाका प्रबक्ता एवम वडा नं २ का वडा अध्यक्ष बिष्णु पौडेलले जानकारी दिए । बैठकमा ११ वटै वडालाई असार २ गतेसम्म आफ्ना वडाका योजना छनौट गरि नगरपालिका समक्ष पेश गर्न आग्रह गरिएको छ भने असार १० गते बजेट प्रस्तुत गर्ने निर्णय भएको प्रवक्ता पौडेलले बताए ।


प्रकाशित : २०७७ जेष्ठ २७, मंगलवार ०१:१७