‘एमसीसी’ले दबाबमा नेकपा

[sharethis-inline-buttons]

लुदअ काठमाडौं, जेठ २७
‘एमसीसी’ सम्झौता कार्यान्वयनको मिति नजिकिँदै गर्दा सम्झौता संसदबाट पारित गर्नेरनगर्ने विषयमा सत्तारुढ नेकपाभित्र खिचातानी तीव्र बनेको छ ।

एसीसीलाई संसदबाट पास गरेर औपचारिकरुपमा कार्यान्वयनमा लैजानुपर्ने अडानमा रहेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पार्टी सचिवालय बैठक डाकेका छन् ।
एमसीसी पक्षधर र विपक्षमा रहेका सचिवालय सदस्यहरुमा दौडधुप पनि सुरु भएको छ ।

आगामी जुलाई १ अर्थात् असार १७ गतेदेखि एमसीसी सम्झौता औपचारिकरुपमा कार्यान्वयनमा जानुपर्दछ । नेपालको संसदले अनुमोदन नगरेमा त्यसपछि उक्त सम्झौता स्वतः निस्क्रिय हुनेछ ।

समयले च्याप्दै ल्याउँदा सत्तारुद्ध नेकपा पनि त्यसको दबाबमा परेको छ ।

एमसीसी सम्झौताअन्तर्गतको परियोजनालाई बजेटमै समेटेर ल्याइएकाले सम्झौता पारित गराउनुपर्ने बाध्यतामा सरकार रहेको छ भने नेकपाको एउटा पक्ष एमसीसी सम्झौता अहिलेकै अवस्थामा लागू गर्न नदिने अडानमा उत्तिकै डटिरहेको छ ।

यही दबाबकाबीच प्रधानमन्त्री ओलीले मंगलबार पार्टी सचिवालय बैठक बोलाएका छन् । जुन बैठक एमसीसीको भविष्य निर्क्योल गर्न महत्वपूर्ण हुने ठानिएको छ ।


प्रकाशित : २०७७ जेष्ठ २७, मंगलवार ०१:४६