मनकारी हेमराज जसले ४० विपन्नलाई राहत बाडे,६० लाई उद्योगीले

ByLumbini Darpan Online

२९ जेष्ठ २०७७, बिहीबार ११:०८ २९ जेष्ठ २०७७, बिहीबार ११:०८ २९ जेष्ठ २०७७, बिहीबार ११:०८

लुदस, कोपवा
लामो समयको लकडाउनलका कारण मारमा परेका विपन्न परिवारलाई आज मनकारी हेमराजका परिवारले राहत वितरण गरेका छन् ।

बाणगंगा नगरपालिका ६ का हेमराज खनालले वडाको समन्वयमा राहत वितरण गरेका हुन् ।

लकडाउनका कारण दैनिक जिवनयापनमा समस्यामा परेका ४० विपन्न परिवारलाई उनले राहत वितरण गरेका हुने आफ्नो जेष्ठ सुपुत्र शुशिल खनालले विपन्न परिवारमा राहत बाड्ने योजना अनुरुप आफुहरुले थप पुजा गर्ने रकम कटाएर राहत वितरण गरिएको आमा भेषकला खनालले जानकारी दिईन् ।

त्यस्तै थप ६० जनालाई स्थानिय स्तरमा रहेका न्यु कालिका वालुवा प्रशोधन उद्योग, शुभलक्ष्मी, जनप्रिय वालुवा प्रशोधन उद्योग र वागेश्वरी सामुदायिक वनले राहत वितरण गरेका हुन् । वडा अध्यक्ष , अन्य जनप्रतिनिधिहरु र स्थानियको रहोबरमा राहत वितरण गरिएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *