कपिलवस्तुको जीतपुर चोकमा युवाहरुद्धारा सरकारको समर्थनसंगै विरोध प्रदर्शन

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, जेठ ३२
कपिलवस्तुको वाणगंगा नगरपालिका चार नम्बर जीतपुर चोकमा युवाहरुले सरकारको समर्थनसंगै विरोध प्रदर्शन गरेका छन् । युवाहरुले सरकारले हालै सार्वजनिक गरेको नयाँ नक्साको स्वागत गर्दै सरकारलाई धन्यवाद दिदै गुमेको भुमि फिर्ता ल्याउनु ऐतिहासिक कार्य भएको बताए ।

सोहि क्रममा सरकारले पछिल्लो समय गरेका कार्यहरुको विरोधमा प्रदर्शन समेथ गरेका छन् । सरकारले कोरोना नियन्त्रणमा ध्यान नदिएको, स्वास्थ्य सामगी्र खरिदमा अनियमितता, पिसीआर परिक्षणको दायरालाई बढाउन नसकेको, लकडाउनको समयमा व्यापारीलाई कर तिर्न ताकेता गरेको लगायतका अमानवीय कार्य गरेकोले लकडाउनको समयमा विरोध प्रदर्शन गर्न बाध्य भएको प्रदर्शनका संयोजक निर्मल कंडेलले बताए । उनले कुनै पनि राजनितीक आडमा विरोध नगरेको भन्दै सरकारले गरेका नराम्रा र विवादास्पद कार्यको मात्र शान्तीपुर्ण प्रदर्शन गरिएको दावी गरे ।

सचेत युवा, सवल युवा देशका लागि भन्ने मुल नाराका साथ सामाजिक दुरी कायम गरेर प्रदर्शन गरिएको युवाहरुले बताएका छन् । हातमा नेपालको झण्डा, प्लेकार्ड सहित युवाहरूको समूहले सुरुमा चोक वरिपरि नारा लगाउदै ¥याली गरेका थिए पछि चोकमा कोणसभा गरि युवाहरुको सक्रियताले नै देश विकास हुने बताएका थिए । पिसिआर टेस्टको दायरा बढाउ, ब्याक अफ ईन्डिया, एमसिसि खारेज गर लगायतका नारा लगाएका थिए ।


प्रकाशित : २०७७ जेष्ठ ३२, आईतवार ०१:३१