कपिलवस्तुमा कोरोना संक्रमित ६ सय ४६ पुगे, वाणगंगा र विजयनगरमा थपिए १२ संक्रमित

लुदअ कपिलवस्तु, असार २
कपिलवस्तुमा पछिल्लो समयमा कोरोना भाइरस (कोभिड(१९) का संक्रमित ६ सय ४६ पुगेका छन् । सोमबार जिल्लाको वाणगंगा नगरपालिका र विजयनगर गाउँपालिकामा गरी १२ जनामा संक्रमण पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ६ सय ४६ पुगेको हो ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार वाणगंगाका विभिन्न वडामा गरी ९ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको संक्रमण पुष्टि हुनेहरुमा नगरपालिकाका वडा नं. २ का २० बर्षीय पुरुष, वडा नं. ३ का २२ र २४ बर्षीय पुरुष, वडा नं. ४ का ४० र ४१ बर्षीय पुरुष, वडा नं. १० का १९, २५ र ३५ बर्षीय पुरुष रहेका छन् । यस्तै वडा नं. ११ का २१ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

९ जनामा संक्रमण पुष्टि भएसंगै वाणगंगामा कुल संक्रमितको संख्या ३१ पुगेको छ । यस्तै सोमबार नै विजयनगर गाउँपालिकाका थप ३ जनामा संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका वडा नं. १ का २१ र २९ बर्षीय पुरुष र वडा नं. ३ का २६ बर्षीय एक पुरुषमा संक्रमण देखिएको हो । सोमबार संक्रमण पुष्टि भएका सबैको नमुना परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ६ सय ४६ पुगेको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *