सिद्धार्थ क्याम्पसले पायो क्यू.ए.ए. मान्यता

ByLumbini Darpan Online

५ असार २०७७, शुक्रबार ०३:०४ ५ असार २०७७, शुक्रबार ०३:०४ ५ असार २०७७, शुक्रबार ०३:०४

५ असार कपिलवस्तु ।
सिद्धार्थ क्याम्पस कपिलवस्तुले विश्व विद्यालय अनुदान आयोगले प्रदान गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र क्यू.ए.ए. मान्यता पाएको छ ।विश्व विद्यालय अनुदान आयोगको निर्णयअनुसार यही असार ८ गते सोमबार भर्चुअल माध्यमबाट प्रमाणपत्र प्राप्त गर्नेछ ।

५ दिनसम्म क्याम्पसमा रहेर क्याम्पसका सम्पूर्ण गतिविधिको सुक्ष्म मूल्यांकन गरी विश्व विद्यालय अनुदान आयोगको टोलीले पठाएको सुझावको आधारमा क्याम्पसले लकडाउनको समयमा समेत आवश्यक विभिन्न अन्तरक्रिया तथा गृहकार्य गरेको र सोहीको परिणामस्वरूप मान्यता पाएको क्याम्पस प्रमुख खेमराज शर्माले बताउनुभयो ।गत वर्ष पुसमा प्रा.डा. तथा पिआरटी संयोजक जयराज अवस्थी, प्रा.डा. रत्नमाला आर्या, प्रा.डा. मिना विद्या मल्ल, प्रा.डा. कमलदीप ढकाल र सदस्य ममता प्रजापतिसहितको ५ जनाको टोलीले क्याम्पस निरीक्षण गरेको थियोे ।

सो क्रममा विश्व विद्यालय अनुदान आयोगका प्रा.डा. तथा पिआरटी संयोजक जयराज अवस्थीले क्याम्पसको लागि यो ठूलो मौका रहेको बताउनु भएको थियो । ५ दिनसम्म क्याम्पसमा रहेर क्याम्पसका सम्पूर्ण गतिविधिको सुक्ष्म मूल्याङ्कन गरिएको थियो । सो क्रममा क्याम्पसको शैक्षिक, आर्थिक, भौतिक, सामाजिक र सांस्कृतिक पक्षको मूल्याङ्कन गरेर विश्व विद्यालय अनुदान आयोगको टोलीलाई पठाएको प्रतिवेदनको आधारमा क्याम्पसले क्यूएए मान्यता पाएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *